दोधारमा ‘राष्ट्रपति’

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा प्रधानमन्त्रीसँगै छलफलको तयारी

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा प्रधानमन्त्रीसँगै छलफलको तयारी

पहिले ‘होल्ड’ गरिएको अध्यादेशकै प्रावधानसँग मिल्दोजुल्दो व्यवस्था राखेर फेरि अध्यादेश सिफारिस भएपछि राष्ट्रपति रामचन्द्र पौडेल दोधारमा परेका छन्

images
शुक्रवार, बैशाख १८ २०८३
  • काठमाडौं । मन्त्रीपरिषद्ले सिफारिस गरेको र राष्ट्रपति कार्यालयमा ‘होल्ड’ गरिएको अध्यादेशका बारेमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीसँगै छलफल गर्ने भएका छन् । विगत सरकारले सिफारिस गरेको र राष्ट्रपति कार्यालयले फिर्ता पठाएको र होल्ड गर्दाका प्रावधानसँग मिल्दोजुल्दो व्यवस्था राखेर फेरि अध्यादेश सिफारिस भएर आएका कारण राष्ट्रपतिले प्रधानमन्त्रीसँगै छलफल गर्न लागेका हुन् । 


    राष्ट्रपति कार्यालय स्रोतका अनुसार, आज (शुक्रबार) बेलुकी वा भोलिसम्म यस विषयमा राष्ट्रपतिले प्रधानमन्त्री बालेन शाहसँग छलफल गर्न लागेका हुन् । खासगरी राष्ट्रपति पौडेलको सरकारले सिफारिस गरेको अन्य अध्यादेशमा भन्दा संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा मात्रै चासो देखिएको छ । 
    दुई चरणमा गरेर ६ अध्यादेश राष्ट्रपति कार्यालयमा पुगेपनि त्यसमध्येको दुई अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरिसकेका छन् । अन्य केही जारी गर्ने तयारीमा रहेपनि संवैधानिक परिषद्सम्वन्धी अध्यादेशमा भने उनको गम्भिर चासो देखिएको हो । 

    उक्त अध्यादेशमा विगतमा यस अगाडीका सरकारले त्यस्तै प्रावधान राखेर पठाउँदा आफैले होल्डमा राखेकोले अहिले त्यही प्रावधान समेटिएको अध्यादेश  जारी गर्ने कि नगर्ने भन्ने असमञ्जसमा राष्ट्रपति परेका हुन् ।


    नेपाल बार एसोसिएसनका पदाधिकारीसँग शुक्रबार छलफल गर्ने राष्ट्रपति कार्यालयको तयारी छ । यसै विषयमा बिहीबार परामर्शका लागि ६ जना वरिष्ठ अधिवक्ताहरू भीमार्जुन आचार्य, टीकाराम भट्टराई, बद्रीबहादुर कार्की, महादेव यादव, रमण श्रेष्ठ र पूर्णमान शाक्य शीतल निवास पुगेका थिए ।
    राष्ट्रपति पौडेलले एउटै संस्थाबाट यसअघि दुई पटक फिर्ता गरिएकै प्रकृतिको अध्यादेश पुनः आएपछि त्यसलाई स्वीकार गर्ने आधार के हुन सक्छन् भन्नेबारेमा संविधानविद्हरूसँग सुझाव मागेका थिए । यस्तो अवस्थामा आफ्नो संवैधानिक दायित्व, विशेषाधिकार र स्थापित नजिरबीच कसरी सन्तुलन कायम गर्ने भन्ने चासो पनि राष्ट्रपतिको थियो ।
    ०००

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend