बागमती प्रदेश प्रतिनिधिमा निर्माण व्यवसायी विकास रिमालको उम्मेदवारी

बागमती प्रदेश प्रतिनिधिमा निर्माण व्यवसायी विकास रिमालको उम्मेदवारी

images
बिहिवार, आश्विन १५ २०८३
  • नुवाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेश प्रतिनिधिका लागि नुवाकोट क्षेत्र नम्बर १, प्रदेशसभा ‘क’ बाट निर्माण व्यवसायी विकास रिमालले खुलातर्फ उम्मेदवारी दिएका छन्।
    कांग्रेसमा निरन्तर क्रियाशील रहँदै आएका रिमाल पार्टी संगठनको सुदृढीकरणसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय छन्। निर्माण व्यवसायमा आबद्ध रिमालले पार्टीका नेता तथा कार्यकर्तासँगको निरन्तर सहकार्य र सामाजिक गतिविधिमा आफ्नो सक्रियतालाई प्रदेश प्रतिनिधिको उम्मेदवारीको आधारका रूपमा अघि सारेका छन्।
    नुवाकोटको तादी गाउँपालिका–३ निवासी रिमालले कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टी संगठनलाई थप प्रभावकारी र सुदृढ बनाउन आफूले प्रदेश प्रतिनिधिका रूपमा भूमिका निर्वाह गर्न चाहेको बताएका छन्। प्रदेश प्रतिनिधिमा उम्मेदवारी घोषणा गर्दै रिमालले नेता तथा कार्यकर्ताको साथ, समर्थन र अमूल्य मतको अपेक्षा गरेका छन्।
    ‘नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बागमती प्रदेश प्रतिनिधि (खुला) नुवाकोट क्षेत्र नम्बर १ प्रदेश ‘क’ मा उम्मेदवारी दिएको छु। यहाँहरूको साथ, समर्थन र अमूल्य मतको हार्दिक अपेक्षा गर्दछु,’ उनले भनेका छन्।
    नेपाली कांग्रेसको बागमती प्रदेश प्रतिनिधि चयनका लागि नुवाकोट क्षेत्र नम्बर १, प्रदेशसभा ‘क’ मा आज निर्वाचन हुँदैछ। निर्वाचन चौघडामा हुनेछ ।

    d924cbe2-b4a3-4e97-b35f-62d6b4f450fe.jpg

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend