रसुवा बाढी : मृतकको सङ्ख्या १,२९५ पुग्यो

रसुवा बाढी : मृतकको सङ्ख्या १,२९५ पुग्यो

images
शुक्रवार, भाद्र १९ २०८३
  • काठमाडौं । रसुवा हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीमा परी  एक हजार दुई सय ९५ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसोसम्म मृत्यु हुनेको यो संख्या सार्वजनिक भएको हो । यो संख्यामा मृततकको शव फेला परेको छ । अर्झै  ४ हजार ८ सय ९८ जना  सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ।

    प्रहरीले दिउँसो २ बजे अद्यावधिक गरेको विवरणमा भेटिएका शवमध्ये १,०३० वटा शव व्यवस्थापन गरिसकिएको उल्लेख छ।

    उद्धारपछि हाल ३,६५५ जना होल्डिङ सेन्टरमा रहेको प्रहरीले जनाएको छ।

    रसुवादेखि नवलपरासी पश्चिमसम्म शवहरू ९विभिन्न मानव अङ्गसहित० भेटिएको खोजी तथा उद्धारमा संलग्न निकायहरूले जनाएका छन्।

    केही शव नारायणी नदीमा बगेर भारत पनि पुगेका छन्। भारतमा भेटिएका शव नवलपरासी पश्चिम ल्याइएको प्रहरीले जनाएको छ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend