काठमाडाैं । नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख धिरज सेठले आज प्रधानमन्त्री वालेन्द्र शाह बालेनसँग भेट गर्दैछन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्ता आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ।
भारतीय स्थल सेना प्रमुख सेठ चार दिने भ्रमणका लागि आइतबार काठमाडौँ आएका हुन्।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले सेठलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेका थिए।
नेपाल-भारतबीच सन् १९५० देखि एक अर्काको देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ।
सोमबार नै सेनाध्यक्ष सेठले टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको सैनिक स्मारकमा पुष्प गुच्छा चढाएर शहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। उनलाई जंगी अड्डामा सम्मान गारत समेत दिइएको थियो।
.jpg)
