काठमाडौँ। संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।
सिंहदरबारस्थित समितिको आजको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्की, आयुक्तहरूमा गुरु वाग्ले र डा राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन गरेको गरेको हो।
संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइले अनुमोदन गरेपछि उनीहरूलाई राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।
.jpg)
