काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आइतबारदेखि हुन लागेको पहिलो महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ।
केन्द्रीय निर्वाचन आयोगले तीन दिनसम्म चल्ने महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध, उम्मेदवारको अन्तिम नामावली प्रकाशन, मतदान तथा मतगणनासम्बन्धी कार्यक्रम समेटिएको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो ।
कार्यतालिका अनुसार महाधिवेशन प्रतिनिधिहरूको नामावाली शनिबार बेलुका ८.३० मा नै सार्वजनिक हुनेछ ।
उम्मेदवारी मनोनयन सोमबार दिउँसो हुने र मंगलबार बिहानदेखि पहिला चरणको मतदान हुनेछ।
हेर्नुहाेस् निर्वाचन कार्यतालिका :
.jpg)
