इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प

images
मंगलवार, आषाढ २ २०८३
  • काठमाडौं । इन्डोनेसियाको मध्य सुलावेसी टापुमा मंगलबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । 

    भूकम्पको शक्तिशाली धक्कापछि करिब चार लाख जनसंख्या रहेको मध्य सुलावेसी प्रान्तको राजधानी पालु र आसपासका क्षेत्रका मानिसहरू ज्यान जोगाउन खुला स्थानतर्फ भागेका थिए । सुरक्षाका लागि केही अस्पतालहरूले आईभी ड्रिप लगाइरहेका बिरामीहरूलाई समेत भवनबाहिर खुला स्थानमा सारेका थिए ।

    भूकम्पका कारण विभिन्न स्थानमा क्षति पुगेको बताइएको छ । राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका अनुसार, क्षतिको विस्तृत विवरण, सम्भावित मानवीय क्षति तथा विस्थापितहरूको तथ्यांक संकलन भइरहेको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend