अफगानिस्तानमा घरको छत खस्दा ८ जनाको मृत्यु

अफगानिस्तानमा घरको छत खस्दा ८ जनाको मृत्यु

images
शनिवार, चैत्र २८ २०८२
  • पूर्वी अफगानिस्तानको परवान प्रान्तमा शनिबार घरको छत खस्दा एउटै परिवारका आठ जनाको मृत्यु भएको छ । साथै अर्को एक जना घाइते भएका छन् । 

    स्यागिरड जिल्लामा भारी वर्षाका कारण घरको छत खस्दा दुर्घटना भएको अधिकारीले  पुष्टि गरेका  छन् । 

    यसअघि काबुलको बागरामी क्षेत्रमा यस्तै दुर्घटनामा हुँदा एउटै परिवारका आठ जनाको ज्यान जानुका साथै एक बालक घाइते भएको जनाइएको थियो ।

    अफगानिस्तानमा विगत दुई हप्तामा बाढी  जन्य घटनाहरुका कारण १४८ जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएको बताइएको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend