दुई दिन पछि सर्‍यो एमाले सचिवालय बैठक

दुई दिन पछि सर्‍यो एमाले सचिवालय बैठक

images
शनिवार, जेठ २ २०८३
  • काठमाडौं । गत फागुनको चुनावी समीक्षा सम्म गर्न नसकिरहेको नेकपा एमालेको आज हुने भनिएको सचिवालय बैठक स्थगित भएको छ। बैठक दुई दिन पछिका लागि सारिएको एमालेले जनाएको छ। 
    चुनाव लगत्तै अध्यक्ष केपी ओलीको बुवाको निधन, गत भदौंको जेनजी आन्दोलनपछि उनको पक्राउ र त्यसपछि पित्त थैलीको अप्रेसन लगायतका कारणले ओलीले बैठक बोलाएका थिएनन । पार्टी अब ओलीबाट नचल्ने भन्दै पार्टीभित्रै पदाधिकारी तहमौ पूर्नगठनको माग बढेपछि ओली पनि त्यसलाई छल्न र आवाज मथ्थर पार्न बैठक अनुकुल समयमा बोलाउने गरी घरमै आराम गरी बसिरहेका थिए । 

    त्यसपछि उनले आज दिउँसो १ बजे आफ्नै निवास भक्तपुर गुन्डुमा बैठक बस्ने गरी सचिवालय बैठक बोलाएका थिए । तर उक्त बैठक फेरि आज बिहानै ओलीले दुई दिन पछिका लागि सारेका छन् । एमाले सचिवालयमा पार्टीका पदाधिकारीहरु रहने ब्यवस्था छ । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले आज हुने भनिएको बैठक सोमबारका लागि सारिएको जानकारी दिए ।


    ‘भोलि (जेठ ३ ) परेको मदनआश्रित स्मृति दिवस कार्यक्रमको कारण आजको बैठक स्थगित गरिएको हो,’  अधिकारीले भने, ‘बैठकमा सहभागी हुनुपर्ने नेताहरु आजैदेखि कार्यक्रमको तयारीमा लाग्नुपर्ने देखियो। कतिपय साथी कार्यक्रमका लागि उपत्यका बाहिर पनि जानुपर्ने भएकाले आज हुने भनिएको बैठक सोमबारको लागि सारिएको हो।’   एमालेको यो आठौँ सचिवालय बैठक हो। 


    बैठकले देशको समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण, केन्द्रीय नेताहरूको कार्यविभाजन, जनताका अपेक्षा, सरकारका कामकारबाही, पार्टीको आगामी कार्यदिशा तथा राष्ट्रिय हितका विषयमा गम्भीर समीक्षा र महत्त्वपूर्ण निर्णय गर्ने बताइएको थियो ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend