प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथी छलफल हुने

प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथी छलफल हुने

images
मंगलवार, बैशाख २९ २०८३
  • काठमाडौँ ।  प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नेछन् । 
     
    राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेकन थिए । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/०८४ को बजेटसमेत प्रस्तुत हुनेछ । सरकारले ऊर्जा, सार्वजनिक पूर्वाधार, कृषिलगायतका क्षेत्रलाई उच्च प्राथमिकता दिएर आगामी आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रम ल्याएको छ ।

    पूर्वाधार परियोजना निर्माणपूर्वका काम सकिएपछि मात्रै बजेट छुट्याइने, विद्युत् आयोजनाका लागि एकद्वार प्रणाली, निजी क्षेत्रलाई पूर्वाधार परियोजना बनाउन दिने, सेयर बजारमा गैरआवासीय नेपालीको लगानी खुला गर्ने, निर्माण सम्पन्न नभएसम्म परियोजना प्रमुखको सरुवा नगर्नेलगायतका नीति लिइएको छ ।
    विपक्षी दलहरुले खास नयाँ अपेक्षा अनुसार नयाँ बलियो जनमतसहित आएको सरकारको नीति तथा कार्यक्रम आउन नसकेको आरोप लगाएका छन् । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend