काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । वैशाख २१ गते सानेपामा दिउँसो १ बजे बस्ने गरी कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । बैठकका एजेण्डाहरुका बारेमा नेताहरुलाई जानकारी गराइएको छैन ।
सरकारले बोलाइसकेको संसद बैठक स्थगित गरेर धमाधम अध्यादेश ल्याईरहँदा प्रतिपक्षी दल कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई सहभागी हुन आग्रह गरिएको छ। केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठकका एजेन्डाबारे जानकारी नदिइ बैठक बोलाएको जानकारी दिएका छन् ।
.jpg)
