रमेश लेखक पक्राउ परेपछि कांग्रेसले पनि बोलायो पदाधिकारी बैठक

रमेश लेखक पक्राउ परेपछि कांग्रेसले पनि बोलायो पदाधिकारी बैठक

images
शनिवार, चैत्र १४ २०८२
  • काठमाडौं । पूर्व प्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि कांग्रेसले पनि पदाधिकारी बैठक बोलाएको छ । एमालेले पार्टी अध्यक्ष समेत रहेका ओलीको पक्राउपछि घटनालाई राजनीतिक प्रातिशोधपूर्ण भएको भन्दै आन्दोलनका कार्यक्रम तय गर्न सचिवालय बैठक बसिरहेका बेला कांग्रेसले पनि पदाधिकारी बैठक बोलाएको हो । 

    बैठक अहिले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले कांग्रेस पदाधिकारी बैठक बोलाइएको र बैठकमा छलफलपछि यस बारेमा कांग्रेसले आफनो धारणा सार्वजनिक गर्ने जानकारी दिए ।

    गत भदौं २३ को जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको अभियोगमा तत्कालीन गृहमन्त्री समेत रहेका कांग्रेस नेता लेखकलाई प्रहरीले शनिबार बिहानै भक्तपुरको कटुन्जेस्थित घरबाटै गिरफ्तार गरेको हो। 

    तीनकुनेस्थित कान्तिपुर अस्पतालमा स्वास्थ्य परीक्षणपश्चात् उनलाई अहिले महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ। 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend