काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि आन्दोलनका कार्यक्रम तय गर्न पार्टीको सचिवालय बैठक बोलाएको छ । पार्टी अध्यक्ष ओलीमाथी बालेन नेतृत्वको नयाँ सरकारले राजनीतिक प्रतिशोध साधेको र सोही प्रतिशोधका कारण पक्राउ गरिएको भन्दै एमालेले सरकारको कदमको प्रतिवाद गर्ने जनाएको छ ।
अध्यक्ष ओली पक्राउ परेको घटनाबारे छलफल गर्न र आन्दोलनका कार्यक्रम तय गर्न महासचिव शंकर पोखरेलले अहिले बिहान पार्टी सचिवालय बैठक बोलाएका हुन् । पार्टी सचिवालय बैठक बोलाइएको र त्यसमा अध्यक्षको पक्राउको प्रतिवाद गर्ने गरी कार्यक्रम तय गरिने सचिव महेश बस्नेतले जानकारी दिए ।
बैठक अहिले बिहान साढे ८ बजे पार्टी कार्यालय च्यासलमा बोलाइएको छ । सचिवालय बैठकपछि केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुसँगको बैठक बस्ने छ । ती बैठकले विरोधका कार्यक्रम र स्वरुप तय गर्ने सचिव बस्नेतको भनाइ छ ।
एमाले सचिव महेश बस्नेतले सचिवालय बैठकपछि विरोधको कार्यक्रमको विस्तृत जानकारी दिइने बताएका छन् ।
यस अगाडी नै शुक्रबार साँझ नै एमालेका जनवर्गीय संगठनहरुले संयुक्त वक्तब्य जारी गरेर सरकारको कदमको विरोध जनाएका थिए । अध्यक्ष ओलीलाइृ गत भदौ २३ र २४ को घटना जाँचबुझ गर्न गठित गौरीवहादुर कार्की आयोगको प्रतिवेदनको सिफारिसका आधारमा सरकारले शनिबार बिहानै आफ्नै निवास गुन्डुबाट पक्राउ गरेको थियो ।
.jpg)
