रविको नयाँ निवास गोल्फुटारमा मन्त्री छान्ने छलफल

रविको नयाँ निवास गोल्फुटारमा मन्त्री छान्ने छलफल

images
बिहिवार, चैत्र १२ २०८२
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नयाँ निवास बुढानिलकण्ठ नगरपालिकाको इटालीटार ६ गोल्फुटारमा मन्त्रीहरुको टुंग्गो लगाउन रास्वपा दल नेता तथा बरिष्ठ नेता बालेन शाह र लामिछानेका बीचमा छलफल भएको छ । 

    दुई नेताका बीचमा साँझ एक घण्टा छलफल भएको छ । बालेनलाई रास्वपाले आज साँझ बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले दल नेतामा चयन गरेपछि यी दुई नेता एउटै गाडीमा पार्टी केन्द्रीय कार्यालयबाट निस्केका थिए । उनीहरु कहाँ गए भन्ने खुलाएपनि दुई नेताले रवि लामिछाने केही दिन अगाडी मात्रै सरेको नयाँ घरमा बसेर मन्त्रीहरुका बारेमा छलफल गरेका हुन् । काठमाडौंको हात्तिगौडास्थित सिजी अपार्टमेन्टमा बस्दै आएका लामिछाने केही दिन अगाडी मात्रै बुढानिलकण्ठ नगरपालिकाको इटालीटार- ६ गोल्फुटार मेनरोडस्थित ‘हमाल निवास’मा सरेका थिए । 

    'दुई नेताबीचको छलफल अहिले सकिएको छ, एक घण्टा जति उहाँहरुले रवि लामिछानेको नयाँ निवासमा बसेर छलफल गर्नुभयो, त्यसपछि सभापति आफ्नै निवासमा हुनुहुन्छ, बालेन भने चप्पल कारखानास्थित निवासमा पुगेका छन्,' रास्वपाका एक पदाधिकारीले भने । 

     भोलि (शुक्रबार) बालेनले प्रधानमन्त्रीको शपथ लिँदैछन् ।

    रास्वपाले प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ गराउने र एकैपटक मन्त्रीपरिषद्को पूर्णता दिएर कामलाई गति दिने योजना बनाएका छन् । दुई नेताका बीचमा आजै बेलुकी पनि थप छलफल हुनसक्ने सम्भाबना रहेको पनि ती पदाधिकारीले बताएका छन् । उनीहरुले कति मनत्रालय टुंग्गो लगाउने र क कसलाई मन्त्री बनाउँछन् भन्ने बारेमा भने अहिलेसम्म केही पनि खुलेको छैन । उपसभापतिद्दय डिपि अर्याल र स्वर्णिम वाग्लेलाई मन्त्री बनाउने विषयमा भने दुवै नेताहरु सहमत छन् । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend