प्रतिनिधिसभाको ज्येष्ठ सदस्यको आज, अन्यको भोलि शपथ

प्रतिनिधिसभाको ज्येष्ठ सदस्यको आज, अन्यको भोलि शपथ

images
बुधवार, चैत्र ११ २०८२
  • काठमाडौँ । प्रतिनिधिसभाको जननिर्वाचित नयाँ सदस्यहरु अब संसद प्रवेश गदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य  निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ ।

    आज जेष्ठ सदस्यले शपथ लिएपछि भोलि बिहिबार अन्य सदस्यहरुलाई जेष्ठ सदस्य केशीले दिउँसो सिंहदरवारमा शपथ खुवाउने कार्यतालिका छ ।
    त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । 

    जेष्ठ सदस्य केसीलाई राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ११ः१५ बजे शपथ ग्रहण गराउने कार्यक्रम छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी सबैभन्दा जेष्ठ सदस्य हुन् ।

    प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् । नेपाली काँग्रेसका सांसद केसी समानुपातिक निर्वाचन प्रणालीका माध्यमबाट निर्वाचित भएका हुन् । 

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend