काठमाडौं । पितृ शोकमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित निवासमा एमाले सचिवालय बैठक बसेको छ । सचिवालय बैठकमा पार्टीका तर्फबाट बन्ने समानुपातिक सांसदहरुका बारेमा सचिवालय बैठकमा छलफल भएको उपमहासचिव लेखराज भटट्ले जानकारी दिए ।
एमालेले समानुपातिक तर्फ १६ सिट प्राप्त गरेको छ । प्रत्यक्षमा उसको ९ सिट छ ।
अध्यक्ष ओली निवासमा भएको सचिवालय बैठकमा विभिन्न कलष्टरबाट कसलाई समानुपातिक सांसद बनाउने भन्ने बारेमा सूची लिएर सचिवालय सदस्यहरुले छलफल गरेको र सोही आधारमा सांसदहरुको सूची छानिएको उपमहासचिव भट्टले जानकारी दिए । छानिएका नाम भने उसले खुलाएको छैन । भोलि ती नाम निर्वाचन आयोगमा पठाउने एमालेले तयारी गरेको छ । निर्वाचन आयोगले दलहरुलाई आइतबारसम्म नाम पठाउन भनेको छ ।
एमाले सचिवालय पदाधिकारीहरु रहनेछन् ।
हेर्नुहोस् तस्विरहरु
.jpg)
