आरोग्य दिवससम्बन्धी नेपालको प्रस्ताव राष्ट्रसङ्घद्वारा पारित

आरोग्य दिवससम्बन्धी नेपालको प्रस्ताव राष्ट्रसङ्घद्वारा पारित

images
बुधवार, फाल्गुण २७ २०८२
  • काठमाडौँ । अन्तरराष्ट्रिय आरोग्य दिवस मनाउन नेपालले राखेको प्रस्ताव संयुक्त राष्ट्रसङ्घद्वारा पारित भएको छ । राष्ट्रसङ्घको महासभाले आज उक्त प्रस्ताव पारित गरेको हो । नेपालको यो प्रस्ताव पारित भएसँगै अब विश्वका विभिन्न मुलुकमा हरेक वर्ष अप्रिल १५ मा अन्तरराष्ट्रिय आरोग्य दिवस मनाइने छ । 

    संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाका अनुसार उक्त प्रस्तावले स्वास्थ्य भन्नाले केवल रोग नलाग्नु  मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय समग्र कल्याणलाई जनाउने उल्लेख गरिएकोे छ ।

    राजदूत थापाका अनुसार उक्त प्रस्तावले विश्वभर सुदृढ र दिगो समाज निर्माणका लागि रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैली तथा समावेशी स्वास्थ्य प्रणाली प्रवद्र्धन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ ।

    उक्त प्रस्ताव पारित गर्ने प्रक्रियामा सहयोग र समर्थन गर्ने राष्ट्रहरूप्रति आभार व्यक्त गर्दै राजदूत थापाले  यो नेपालका लागि महत्वपूर्ण कूटनीतिक उपलब्धि भएको बताएका छन् । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend