प्रतिपक्षी दल नेता बन्न कांग्रेसमा ‘हानथाप’ को सम्भावना !

प्रतिपक्षी दल नेता बन्न कांग्रेसमा ‘हानथाप’ को सम्भावना !

प्रमुख प्रतिपक्षी दलको हैसियत, सेवा सुविधा र संवैधानिक परिषद्को सदस्यसम्मको अधिकारका कारण पार्टी खुम्चिएपनि दल नेता बन्न कांग्रेसमा हानथाप हुनसक्ने देखिएको छ

images
सोमवार, फाल्गुण २५ २०८२
  • काठमाडौं । चुनावमा फष्ट हुने र सरकारको नेतृत्व गर्ने सबै दलको चाहना हुन्छ । चुनाव अगाडी आफनो दललाइ जिताउने, ठूलो बनाउने र सरकार चलाउने योजना सबै दलले बनाएका हुन्छन् ।  तर सबैले सोचेको जस्तो कहाँ पुगिदिन्छ र ?

    अघिल्लो चुनावमा सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेसको हविगत त्यस्तै भएको छ । वर्षाे कांग्रेसमा राईँदाई गरिरहेका शेरवहादुर देउवालाई जनेजी आन्दोलनले चोट दियो । एमाले अध्यक्ष केपी ओलीसँग मिलेर प्रधानमन्त्रीको पालो कुरेर बस्दाबस्दै नसोचेको घटना आईलाग्यो । गत भदौंमा जनेजी विद्रोहले घरमै तत्कालिन अवस्थामा परराष्ट्रमन्त्री समेत रहेकी पत्नी डा. आरजु राणा देउवासँगै निर्घात पिटाई खाए । सरकार ढल्यो, प्रधानमन्त्रीको पर्खाईमा बसेका देउवा त्यसपछि पार्टीभित्रै सभापतिबाट गलहत्याइयो । 

    देउवा बोकेर चुनावमा जान सकिन्न भन्ने महामन्त्रीद्दयले उनलाई विशेष महाधिवेशन गरेर पार्टीबाटै गलहत्याईदिए । त्यक्तिमात्रै होइन, उनले नेतृत्व गरेको पार्टी नै गगन थापा र विश्वप्रकाश शर्माहरुले कब्जा जमाईदिए । 

    उनको डडेलधुरामा अन्तिम पटक चुनाव लड्ने योजना तुहियो । आफुपछि पार्टीमा प्रभाव जमाउन अगाडी सारिएका डा आरजु राणा देउवाको पनि करिव राजनीति सिध्याउन खोजियो । तर पनि देउवा चुप बसे । देउवा बिनै पार्टी नेतृत्व फेरेर बद्लियौं कांग्रेस, बदलिन्छ देशको नारा बोकेर चुनावमा गएको कांग्रेस इतिहासमै सबैभन्दा कमजोर हुने गरी खुम्चिएको छ । 

    देशभर झण्डै दुई तिहाई बहुमतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव जितिरहँदा कांग्रेसले प्रत्यक्षमा १७ (थप १ स्थान इलाम १ मा अग्रता ) स्थानमा चित्त बुझाउन परिरहेको छ । स्वंयम पार्टी सभापति गगन थापा, महामन्त्रीद्दय प्रदीप पौडेल, गुरुराज घिमिरे लगायतका सबै पदाधिकारी चुनावमा पराजित भएका छन् । 
    समानुपातिक तर्फपनि अहिलेसम्म गणना भएको मतका आधारमा कांग्रेस विगतको मतमा नराम्ररी खुम्चिएको छ । यो समाचार तयार पार्दासम्म समानुपातिक मत कांग्रेसले जम्माजम्मी १६ प्रतिशत मात्र पाईरहेको छ । यस हिसावले समानुपातिकतर्फबाट सरदर १९/२० जना सांसद थप गरेर प्रतिनिधिसभामा कांग्रेसका कुलमा ३७/३८ जना सांसदको उपस्थिती रहने देखिएको छ । 

    तर फेरि सानै दल बन्दा पनि कांग्रेसलाई संसदको दोस्रो ठूलो दलका रुपमा प्रमुख प्रतिपक्षी दलको भूमिका खेल्ने अवसर भने पाउँदैछ । जसकाकारण पनि उक्त दलको संसदीय दलको नेता बन्न कांग्रेसमा प्रत्यक्ष जितेका र समानुपातिकबाट संसद प्रवेश पाउने सम्भाबना बोकेका नेताहरु मुख मिठ्याईरहेका छन् । 

    प्रमुख प्रतिपक्षी दलका नेतालाई राज्यले दिने सेवा सुविधा मन्त्री सरहको हुनेछ । त्यस अतिरिक्त संवैधानिक परिषद्को समेत सदस्य हुने संवैधानिक ब्यवस्था छ । जसले गर्दा पनि कांग्रेसमा अब दल नेता को बन्छन् ? भन्ने विषय निक्कै चासोका साथ हेरिएको छ । पार्टीका पदाधिकारी देखि दल नेता बन्न सक्ने समभावित शीर्ष नेताहरु सबैजसो निर्वाचनमा पराजित भएको र समानुपातिक सूचीबाट पनि सिमित नेतामात्र संसदमा प्रवेश पाउने अवस्था बनेपछि दल नेता बन्न कांग्रेसभित्र रोचक खेल हुने सम्भाबना बढेर गएको छ । 

    प्रत्यक्षमा अहिलेसम्म कांग्रेसबाट मो. फिरदोश आलम, विष्णुबहादुर खड्का, अभिषेकप्रताप शाह, खड्कबहादुर बुढा, सन्द्यीप रना, नरेन्द्रकुमार केरुङ, जनकराज गिरी, भरतवहादुर खड्का, प्रकाशसिंह कार्की, बासना थापा, सन्तोष सुब्बा, भरतकुमार स्वार, मोहन आचार्य, जयपति रोकाया, खड्क शाही, योगेश गौचन थकाली, टेकबहादुर गुरुङ मात्र निर्वाचित छन् । जसमध्ये टेकबहादुरमाथी लागेको मुद्दाका रण उनले सांसदको सपथ लिन पाउने अवस्था छैन । 

    इलाम १ मा यो समचार तयार पार्दासम्म कांग्रेसका निश्कल राईले अग्रता लिईरहेका छन् । उनको परिणाम घोषणा भईसकेको छैन । 
    यो हिसावले प्रत्यक्षमा कांग्रेसबाट दल नेता बन्ने सम्भाबना बोकेका कुनै पनि नता छैनन । जसलाई कांग्रेसले विश्वास गरेर सिधा दल नेताको जिम्मेवारी बोकाओस् । जसकाकारण समानुपातिकबाट संसद प्रवेश गर्नेहरुबाटै दल नेता छान्न सक्ने सम्भाबना बढेर गएको छ । प्रतिपक्षी दलको नेताको हैसियत, सुविधा र अधिकारका कारण पनि समानुपातिक सूीबाट संसद प्रवेश गर्न पाउने सम्भाबना वोकेका नेताहरुले अहिले देखिनै दल नेताको मुख मिठ्याउन थालेको देखिएको छ ।

    यो सूचीमा पूर्व सहमहामन्त्री समेत रहेका प्रभावशाली नेता अर्जुननरसिंह केसी, पूर्व सहमहामन्त्री नै रहेको भीष्मरज आङदाम्बे लगायतका नेताहरु अलिक सक्रिय हुन थालेका छन् । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिको बन्दसूची र प्रत्यक्षमा निर्वाचित सांसदहरुको अवस्थाले निश्चित नेताहरुलाई विभिन्न क्लष्टर मिलाएर कांग्रेसले संसदमा प्रतिनिधित्व गराउनुपर्ने बाध्यता छ । 


    त्यसो हुँदा महिला, दलित प्रतिनिधित्व गराउनुपर्ने बाध्यतामा कांग्रेस देखिन्छ । यधपी विभिन्न क्लष्टरका आधारमा कांग्रेसको समानुपातिक सूचीबाट रोलक्रमका आधारमा आदीबासी जनजाति कोटाको पुरुषतर्फबाट भीष्मराज आङदाम्वे, महिलातर्फ गीताकुमारी सेन्दाङ, थारु पुरुषतर्फ मीनराज चौधरी, महिलातर्फ प्रमिला कुमारी गच्छेदार, मुश्लिम पुरुषतर्फ जमिल अख्तयर मिया, महिलातर्फ शाहजान खातुन, मधेसी तर्फ चन्द्रमोहन यादव, निनुकुमारी कर्ण, दलिततर्फ मानवहादुर नेपाली, हरिनादेवी कामी, खसआर्य पुरुषतर्फ अर्जुननरसिंह केसी, महिलातर्फ सुशिला ढकाल आचार्यलगायतको नाम छ । यी नामहरुबाट नै कांग्रेसले संसदमा समानुपातिक सांसदको प्रतिनिधित्व गराउनुपर्ने हुन्छ ।


    यसमध्ये केसी र आङदाम्बे मुख्य आकांक्षी हुनसक्ने देखिएका छन् । तर, बदल्यौं कांग्रेसको नारा बोकेका कारण सभापति गगन थापाले यसमा निर्णय लिन मुश्किल पर्ने देखिन्छ । कारण केसी उनका आफ्नै ससुरा बा हुन् । 
    संसदमा अनुभवी केसी सरह कांग्रेसका कोही नेता हुने छैनन । तर केसी समानुपातिक सूचीमा बस्दा नै उनीमाथी आरोप लागेको थियो । जसको उनले सामाजिक सन्जालबाट नै आफनो प्रस्ताव वा केही नभएको प्रष्टीकरण नै दिनुपरेको थियो । अनुभवी नेतामध्ये आफ्नै ससुरा हुने तर उनलाई नै दिँदा आफुमाथी थप आरोप आउने, नदिँदा स्वतः बरिष्ठता, अनुभव सबै हिसावले अरु भन्दा योग्य केसी नै हुने हुँदा गगनलाई निर्णय लिन थप अप्ठ्यारो पर्ने देखिएको छ । 
    केसीलाई नदिई अन्यलाई दिँदा सुसुर समेत रिसाउनसक्ने पनि उनले बुझेका छन् । यस हिसावले कांग्रेसमा अहिले देखि नै दल नेता बनाउने विषय थप पेचिलो बन्ने देखिएको छ । 

    अर्काेतर्फ संसदको सभामुख एउटा दलको भएपछि उपसभामुख अर्काे दलको हुनुपर्ने र लिंग पनि फरक हुनुपर्ने संवैधानिक ब्यवस्था छ । सबैभन्दा ठूलो दलका रुपमा रास्वपाले सभामुख पाएपछि अब उपसभामुख कांग्रेस, एमाले, माओवादीतिरैबाट बन्ने हुन्छन् । यस्तो बेला अन्य विपक्षी दलहरुका बीचमा एकता गराउने र त्यो पद आफुमा लिनसक्ने खुबीमा पनि कांग्रेस कति सफल हुन्छ ? त्यसको पनि लेखाजोखा हुने देखिन्छ । दैलेखबाट निर्वाचित सांसद बासना थापालाई उपसभामुख बनाउनु पर्ने आवाज कांग्रेसमा उठाउन थालिसकिएको छ । उपसभामुख पनि संवैधानिक परिषद्को सदस्य हुने भएकोले यसमा विपक्षी दलको नेताका रुपमा कांग्रेसको प्रवेश पछि एमाले या माओवादीले पनि कांग्रेससँग भागवन्डामा माग्न सक्ने सम्भाबना पनि छ । तर यसमा रास्वपाले कसलाई साथ दिन्छ भन्ने आधारमा यसको निर्णय हुने देखिएको छ । 

    संसदमा रास्वपाको प्रष्ट बहुमत भएकोले उसले जसलाई दिन चाह्यो उसैले उपसभामुख पाउने निश्चित छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend