काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको मत परिणाम आउने क्रम जारी छ। शनिबार साँझ ६ बजेसम्म ७३ निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम आईसकेको छ । बाँकीमा मतगणना जारी छ ।
अन्तिम परिणाम घोषणा भइसकेका ७३ निर्वाचन क्षेत्रमध्ये ५७ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार विजयी भएका छन्।
१० वटामा नेपाली कांग्रेस, दुई वटामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र ३ वटामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। यस्तै एक स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन्।
मतगणना जारी भएकामध्ये पनि ६४ निर्वाचन क्षेत्रमा रास्वपाले अग्रता कायम राखिरहेको छ । त्यस्तै कांग्रेसले ८, नेकपाले ५, एमालेले ९, श्रम सस्कृति पार्टीले ३, राप्रपाले १ र स्वतन्त्रले १ स्थानमा अग्रता लिईरहेको छ ।
.jpg)
