३१ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक

३१ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक

रास्वपा- २२, कांग्रेस- ५, नेकपा- २, एमाले- १ र स्वतन्त्र- १ स्थानमा विजयी

images
शनिवार, फाल्गुण २३ २०८२
  • काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भएको मतदानको निर्वाचन परिणामहरु सार्वजनिक भईरहेका छन् । कुल १६५ विर्नचन क्षेत्रको प्रत्यक्ष तर्फका मतगणनाका अन्तिम परिणामहरु सार्वजनिक भईरहेका हुन् । 

    निर्वाचन आयोगका अनुसार, अहिलेसम्म २८ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ । बाँकी निर्वाचन क्षेत्रमा मतगणना जारी छ । केही निर्वाचन क्षेत्रमा भने आज बिहानबाट मतगणना गर्ने तयारी छ । 

    अहिलेसम्म सार्वजनिक भएको अन्तिम परिणाम अनुसार २० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु विजयी भएका छन् । रास्वपाका सभापति रवि लामिछाने सहितका रास्वपाका २० नेता विजयी भएका छन् । त्यस्तै कांग्रेसका ५ नेताले जित निकालेका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) सहितका २ नेताले जित निकालेका छन् । त्यसैगरी नेकपा एमालेका एक जना उम्मेदवारले अहिलेसम्म प्राप्त परिणामका आधारमा निर्वाचन जितेका छन् । 
    जारी मतगणनामा पनि रास्वपाका उम्मेदवारहरुले अझै ९५ निर्वाचन क्षेत्रमा अग्रता लिईरहेका छन् । कांग्रेसका उम्मेदवारले ९, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवारले १० र नेकपा एमालेका उम्मेदवारले १४ स्थानमा अग्रता लिईरहेका छन् । 

    को- को जिते ?

    रास्वपाबाट 

    ssr.JPG
    १. सन्तोष राजशी मोरङ ४(४०८३३)
    २. रुबिना आचार्य मोरङ ६ (५५५१३)
    ३. मनीष झा धनुषा ३ (४३१४२)
    ४. प्रमोदकुमार महतो महोत्तरी १ (३४३३६)
    ५.रञ्जु न्यौपाने काटमाडौं १ (१५४५५)
    ६. राजुनाथ पाण्डे काठमाडौं ३ (१८७५६)
    ७. पुकार बम, काठमाडौं ४ (२९१४२)
    ८.सस्मित पोखरेल काठमाडौं ५ (३०७३७)
    ९. शिशिर खनाल, काठमाडौं ६ (२७७१९)
    १०. गणेश पराजुली काठमाडौं ७ (२७८०५)
    ११. विराजभक्त श्रेष्ठ काठमाडौं ८ (२४५९२)
    १२. डोलप्रसाद अर्याल, काठमाडौं ९ (३५०९३)
    १३. प्रदीप विष्ट काठमाडौं १० (३७४६९)
    १४. रवि लामिछाने, चितवन २ (५४४०२)
    १५. धनञ्जय रेग्मी, स्याङजा १ (२९०७१)
    १६. उत्तमप्रसाद पौडेल, कास्की २ (३१९११)
    १७. बिना गुरुङ कास्की ३ (३७७५०)
    १८. कन्हैया बनियाँ रुपन्देही ४ (२८०६६)
    १९. सुरेश कुमार चौधरी बाँके १ (३२७९२)
    २०. खगेन्द्र सुनार बाँके ३ (२९५५१)
    २१. सुनलि केसी, काठमाडौं २ (३४२३८)
    २२.रुकेश रञ्जित ,भक्तपुर १ (३३४३६)


    नेपाली कांग्रेस 

    basana-thapa.jpg


    १. सन्तोष सुब्बा तेह्रथुम (११५६१)
    २. मोहन आचार्य रसुवा (१०६५६)
    ३. टेकहादुर गुरुङ मनाङ (२४१५)
    ४ योगेश गौचन थकाली मुस्ताङ (३३०७)
    ५. बासना थापा दैलेख १ (१२३७२)

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

    ppr.jpg
    १. पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्व (१०२४०)
    २. महेन्द्रबहादुर शाही कालिकोट (११३३८)

    नेकपा एमाले

    mohammad-istiyak-rai-jasapa.jpg


    १. मोहम्मद इश्तियाक राई बाँके २ (२४६२८)

    स्वतन्त्र 

    mahabir-1-1024x620.jpg


    १. डा. महाविर पुन, म्याग्दी, (२२८५०)

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend