शक्ति बस्नेत र निकोलस भुसाललाई २५ हजार जरिवाना

शक्ति बस्नेत र निकोलस भुसाललाई २५ हजार जरिवाना

images
बिहिवार, फाल्गुण १४ २०८२
  • काठमाडौं । निर्वाचन आयोगले श्रम संस्कृति पार्टी र अन्य दलका दुई उम्मेदवारलाई २५ हजार रुपैयाँका दरले जरिवाना गरेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै आयोगले जरिवाना तिराउने निर्णय गरेको हो । 

    जरिवाना तोकिएकामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट जाजरकोटका उम्मेदवार शक्ति बस्नेत छन्।

    नेपाल जनसेवा पार्टीबाट रुपन्देही–२ का उम्मेदवार डा. कमल (निकोलस)भुसाललाई पनि २५ हजार जरिवानाको सजाय भएको छ । 

    धरानका पूर्वमेयर हर्कराज राई(हर्क साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टीलाई पनि २५ हजार जरिवाना तोकिएको छ । बाँके–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार खगेन्द्र सुुनुवार र भक्तपुर–२ का नेपाल जनसेवा पार्टीका उम्मेदवार जानुका(शोभा) पाठकलाई आयोगले सचेत गराउने निर्णय भएको आयोगले जनाएको छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend