बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

images
मंगलवार, फाल्गुण १२ २०८२
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज सुन रु एक हजार ३०० ले बढेको छ । यस्तै चाँदीको मूल्य भने रु १० ले घटेको छ ।

    महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ८०० र एक तोला चाँदीको मोल रु पाँच हजार ५८५ निर्धारण भएको छ । 

    सोमबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १३ हजार ५०० र एक तोला चाँदीको मोल रु पाँच हजार ५९५ ताेकिएकाे छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend