गौरमा अनिश्चितकालीन कर्फ्यु

गौरमा अनिश्चितकालीन कर्फ्यु

images
शनिवार, फाल्गुण ९ २०८२
  • चन्द्रपुर (रौतहट) । जिल्ला प्रशासन कार्यालय  रौतहटले सदरमुकाम गौरमा कर्फ्यु आदेश जारी गरेको छ। 

    प्रशासनले आज अपराह्न १ः०० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

    गौर नगरपालिका–६ सवगढा गाउँमा आज बिहान दुई पक्षबीच पुनःझडप भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । 

    गौर नगरपालिकाको पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय क्षेत्रसम्म कर्फ्यु आदेश जारी भएको हो ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend