एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्ता पक्राउ

एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्ता पक्राउ

images
शुक्रवार, फाल्गुण ८ २०८२
  • तुलसीपुर (दाङ) । एमालेको झण्डा जलाएको आरोपमा  प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

    प्रहरीका अनुसार प्रहरीले तुलसीपुर–७ कालाखोला निवासी ५५ वर्षीय वुद्धिबहादुर बस्नेतलाई आज पक्राउ गरिएको हो । 

    प्रहरीले झण्डा जलाउने तीन जनाको पहिचान भएको जनाएको छ । तीमध्ये दुई जना फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

    घोराहीमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेता बालेन शाह आउने भन्ने खबर पाएपछि दाङ तुलसीपुरको वीरेन्द्र चोकमा भेला भएका समर्थकहरूले झण्डा जलाएको भन्दै एमालेले कारबाहीको माग गरेको थियो । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend