दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति

images
मंगलवार, फाल्गुण ५ २०८२
  • काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई चार दिनको म्याद दिएको छ । 

    राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक रहेका प्रसाईं सोमबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका थिए । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँले आज प्रशासनमा पेस गरेको थियो ।

    निर्वाचनसम्बन्धी अफवाह फैलाएर शान्ति खलल गरेको आरोपमा प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसूरमा पक्राउ गरिएको र सोही कसुरमा अनुसन्धानका लागि म्याद थप भएको प्रहरीले जानकारी दिएकाे छ । 

    प्रसाईं यसअघि पनि विभिन्न कसुरमा पटकपटक पक्राउ परेका थिए ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend