रामेछापमा बस दुर्घटना, ९ जनाको मृत्यु

रामेछापमा बस दुर्घटना, ९ जनाको मृत्यु

images
मंगलवार, माघ २८ २०८२
  • रामेछाप । रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ ।

    काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०१–०१–००५ ख ९९७५ नम्बरको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको हो ।

    दुर्घटनामा बसका चालकसहित ८ जना घाइते छन् । नदीमा डुबेको बसबाट यात्रुको उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल लगिएको भएकाे प्रहरीले जानकारी दिएकाे छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend