सर्लाही । सर्लाहीमा सवारी दुर्घटना बढेको छ । पछिल्लो ६ मनिामा मात्रै जिल्लामा सवारी दुर्घटनामा परी २९ जनाको मृत्यु भएको र १९० जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अशोक साहका अनुसार चालु आर्थिक बर्षको ६ महिनामा सानाठूला चारपाङ्ग्रे सवारी र मोटरसाइकल गरी ६४१ वटा दुर्घटना भएको र त्यसमध्ये २९ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा ज्यान गुमाउनेमध्य अधिकांश मोटरसाइकल चालक र सवार व्यक्ति रहेको पनि साहले जानकारी दिए ।
त्यसैगरी, सोही अवधिमा ट्राफिक नियम उल्लङ्घन गरी चलाएका सवारी कारबाहीबाट रु ४८ लाख २८ हजार ५०२ राजस्व सङ्कलन भएको पनि उनले जानकारी दिए ।
.jpg)
