मेडिकल क्षेत्रका पाँच पेशागत संगठन आन्दोलनमा, ३ दिनयता आमरण अनसन जारी

मेडिकल क्षेत्रका पाँच पेशागत संगठन आन्दोलनमा, ३ दिनयता आमरण अनसन जारी

images
शनिवार, माघ ४ २०८२
  • काठमाडौं । मेडिकल क्षेत्रका विभिन्न पाँच पेशागत संगठनहरुले २ बुँदे माग राखी सुरु गरेको आमरण अनशन आज तेस्रो दिन पनि जारी छ । 
    माघ १ गते देखि काठमाडौंको सिफल चौरमा नेपाल स्वास्थ्य ब्यवसायी परिषद् ऐनको दफा ४(२) र मन्त्रालयसँग विगतमा भएको सहमति कार्यान्वयनका लागि परिषद्मा दर्तावाल स्वास्थ्यकर्मीहरुको पेशागत संगठनहरुले आमरण अनसन सुरु गरेका हुन् । 

    मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान), नेपाल डेन्टल साइन्स हाइजेनिष्ट, नेपाल जनस्वास्थ्य संघ, नेपाल सि. एम. ए. संघ र हेल्थ असिष्टेण्ट संघ नेपाल सहित ५ वटा एसोसिएसनको तर्फँवाट नेपाल सि एम ए सङ्घ का केन्द्रीय उपाध्यक्ष श्री गोपाल उपाध्याय आमरण अनसनमा बसेका छन् ।
    उनीहरुले परिषद्मा दर्तावाल स्वास्थ्यकर्मीहरुको विधा र संख्यात्मक आधारमा पेशागत संघ, संगठनको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने र स्वास्थ्यकर्मी तथा नर्सहरुको लागि सहमति अनुसारको तलवभत्ता लागु गर्नुपर्ने दुई बुँदे माग राखेका छन् । 
    ‘हामी तीन दिन यता आमरण अनसनमा बसिरहेका छौं,’ मेलानका महासचिव रेशम अधिकारीले भने, ‘सरकारलाई पटक पटक माग पूरा गराउन आग्रह गरयौं, तर सुनुवाई नभएपछि बाध्य भएर आमरण अनसनकै विकल्पमा हामी पुग्यौं ।’

    25834294-53e2-481b-9a71-7719c6fec4b2.jpg
    1ca89158-cb9e-4791-98ce-344d7941d744.jpg

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend