काठमाडाैं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । ४२ वर्षको उमेरमा आइतबार बिहान दिल्लीस्थित आफ्नै निवासमा हृदयघातबाट तामाङको निधन भएको हो ।
तामाङ ‘इन्डियन आइडल’को विजेता भएपछि चर्चामा आएका थिए । उनले केही नेपाली गीत र चलचित्रमा पनि काम गरेका छन् ।उनले ‘गोर्खा पल्टन’, ‘प्रदेशी’, ‘प्रदेशी– २’ चलचित्रमा अभिनय गरेका छन् ।
तामाङकी श्रीमती र एक छोरी छन्।
.jpg)
