चलचित्र ‘जेरी अन टप’ले मनायो ५१औँ दिन

चलचित्र ‘जेरी अन टप’ले मनायो ५१औँ दिन

images
आइतवार, मंसिर २२ २०८२
  • काठमाडौँ। चलचित्र ‘जेरी अन टप’ले शनिबार प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ । नेपाली रजतपटमा ५१औँ दिनसम्म चलचित्र प्रदर्शन हुनुलाई ठूलो सफलता मानिन्छ ।

    चलचित्रले शनिबार काठमाडौँ उपत्यकामा रहेका क्युएफएक्स, सिटी स्क्वायर, रञ्जना सिनेप्लेक्स, वान सिनेमाज नयाँ बानेश्वर र कालिमाटी, एफक्युब चाबहिल र इलाइट सिनेमा इटहरीमा प्रदर्शनको ५१औँ दिन पूरा गरेको चलचित्रका वितरक करण श्रेष्ठले जानकारी दिए ।

    “सगरमाथा आरोहण र प्रेम कथामा आधारित चलचित्रले घरेलुबजारमा राम्रो व्यापार गरेको छ, यो समग्रमा नेपाली चलचित्रकर्मीको लागि सुखद खबर हो । यसको सफलताले विधागत चलचित्र निर्माण गर्न अन्य निर्मातालाई प्रोत्साहन मिलेको छ”, श्रेष्ठले भने ।

    उनका अनुसार चलचित्रले १२ करोड ५० लाखको हाराहारीमा घरेलु बजारमा व्यापार (ग्रस कलेक्सन) गर्न सफल भएको छ । सरोज न्यौपानेले निर्माण गरेको उक्त चलचित्रमा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे, भुवन केसी, उषा खड्गीलगायतका कलाकारले अभिनय गरेका छन् ।

    काठमाडौँका केही चलचित्र भवनमा ‘जेरी अन टप’ आगामी साता पनि प्रदर्शनरत रहने निर्माण पक्षले जानकारी दिएको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend