काठमाडौं । नेपाली कांग्रेसमा बढेको आन्तरिक कलह मिल्ने संकेत देखिएको छैन । पार्टी सभापति सहितका शीर्ष र उमेरले पाका नेताहरुसँग कांग्रेसका महामन्त्रीद्दयको अन्तरकलह चर्किएको छ । एकै समयमा विशेष र नियमित महाधिवेशनको तयारीसहित सस्थापन पक्ष र महामन्त्रीहरु आमनेसामने हुँदा कांग्रेसमा समानान्तर संरचना निर्माण हुने खतरा बढेको छ ।
माघ ११ को राष्ट्रियसभा चुनाव र फागुन २१ को प्रतिनिधिसभा चुनावअघि चर्किँदो आन्तरिक शक्तिसंघर्षले पार्टीलाई औपचारिक विभाजनको सँघारमा पुर्याउन सक्ने आंकलन गरिन थालिएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यासम्पादन समितिको बैठकमा बहुमतले आगामी बैशाखमा पार्टीको नियमित महाधिवेशन गर्ने निर्णय लिएको सस्थापन पक्षका विरुद्द महामन्त्रीद्दयसहित अन्य ५ जना नेताहरुले फरक मत राखेका थिए । त्यक्तिमात्रै होइन, महामन्त्रीद्दयले पुस २७ र २८ मा पार्टीको विशेष महाधिवेशनको तयारी अगाडी बढाउने बताएपछि झन् झन् विवाद बल्झिदै जान थालेको छ ।
विधानको ब्याख्याका सवालमा नै फरक बुझाई देखिएपछि बढेको कलह साम्य हुने कुनै छेकछन्द देखिएको छैन भने झन् विवाद बल्झने गरीका गतिविधि शनिबार विकास भएका छन् । सभापति शेरवहादुर देउवा, कार्यवाहक सभापति पूर्णवहादुर खड्का लगायत सस्थापन नेताहरुले कहिले देउवा निवास त कहिले खड्का निवासमा गगन विश्वको तयारी कसरी रोक्ने भन्ने रणनीतिमा पटक पटक सामुहिक, वान अन वान वार्ता भएको छ ।
त्यस्तै विशेष महाधिवेशन बोलाउने तयारीमा रहेका महामन्त्रीद्दय गगन र विश्वप्रकाशले आज कानुनविद्दहरुसँग कांग्रेसको विधानमा रहेर महामन्त्रीहरुले विशेष महाधिवेशन बोलाउन मिल्ने नमिल्ने विषयमा राय लिएका छन् । उता अर्काे तेस्रो धार देखाईरहेका शेखर कोइरालाले पनि आफु निकट नेताहरुसँग छलफल गरेका छन् ।
देउवा र खड्का निवासमा सस्थापन पक्षले गरेका छलफलमा पार्टीभित्र महामन्त्रीहरुले आलाकाँचो राजनीति गरेको भन्दै निन्दा गरेका थिए । चुनावको सम्मुखमा कांग्रेसमा महामन्त्रीद्दयले देखाएको राजनीतिले पार्टीलाई विभाजनमा लान खोजेको भन्दै विभाजन रोक्न कसरी जान सकिएला भन्ने बारेमा छलफल भएको बताइएको छ ।
अहिले ततकाल विशेष महाधिवेशन रोक्ने, तर चुनवामा गगनलाई प्रधानमन्त्री घोषणा गरेर जाने गरी मनाउन सकिन्छ की भनेर केही नेताहरुले गृहकार्य सुरु गरेका छन् । यधपी, यसमा सभापति देउवाले केही बोलेका छैनन । नेता डा शेखर कोइराला पार्टीभित्रको पछिल्लो अवस्था बारेमा काठमाडौँमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिलगायतसँग अन्तरक्रिया गरी राय लिएका छन् ।
विशालनगरस्थित आफ्नो सम्पर्क कार्यलयमा कोइरालाले ती नेताहरुलाई बोलाएका थिए । छलफलमा अहिलेको विषम परिस्थिति, समुचित निकास, राष्ट्रमा देखिएको सङ्कटको समाधान र पार्टीभित्रको द्वन्द्व अवतरण कसरी हुन सक्छ भन्ने लगायतका विषयमा छफफल भएको कोइरालको सचिवालयले जनाएको छ ।
सो अवसरमा शुक्रबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्णय र महामन्त्रीहरूले उठाउनुभएको विशेष महाधिवेशनका सम्बन्धमा कसरी समन्वय गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको थियो । छलफलमा सहभागी कांग्रेस उपसभापति धनराज गुरुङले सबै पक्षले आफ्नै कुरामा मात्र अडान लिइरहँदा समस्या निस्कन नसक्ने भन्दै चुनावको मुखमा पार्टीलाई एकताबद्द बनाएर जानुपर्नेमा नेताहरुले जोड दिएको बताए । उनले भने, ‘पार्टीलाई कुनै पनि हालतमा चोइटिने, टुक्रिन दिने कुरा हुँदैन भन्ने कोणबाट हामीले कुरा गरेका छौँ । सँगै सबै साथीहरुलाई समेटेर फेरि पार्टीमा मूलधारमा नै लिएर जाने भन्ने कुरा छ । विशेष महाधिवेशन पक्षधरलाई साथ दियो दिएन भन्ने कुरा गौण हो । सिंगो पार्टीलाई कसरी लैजाने भन्नेकुरा प्राथमिकतामा हुन्छ । कसलाई साथ दिने नदिने भन्नेकुरा गौण हो ।’
उता गगन विश्वले भने केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन नबोलाए पनि मागलाई बेवारिसे हुने नदिने तयारीमा आफुहरु रहेको भन्दै कानुनब्यवसायीहससँग छलफल गरेका थिए । कानुनव्यवसायीसँग शनिबार गरेको परामर्शका क्रममा उनीहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका प्रतिनिधिहरूको मागलाई बेवारिसे हुन नदिने बताएका थिए ।
त्यस आधारमा आफुहरुले विशेष महाधिवेशन बोलाउन सक्ने नसक्ने बारेमा राय लिएका थिए ।
कानुनविद्हरुले महामन्त्रीद्दयलाई यदि केन्द्रीय कार्यसमितिले महाधिवेशन बोलाउँदैन भने महामन्त्री वा ४० प्रतिशत प्रतिनिधिहरू स्वयं विशेष महाधिवेशन बोलाउन सक्ने स्पष्ट पारेका छन्। विशेष महाधिवेशनको निर्णय ५१ प्रतिशत सहभागीबाट मान्य हुन्छ र वैधानिक हुने सुझाव दिएका थिए । कानुन विद्हरुसँगको छलफलका आधरमा महामन्त्रीद्दयउत्साहित देखिएका छन् । आफुहरुले भने अनुसार नै विशेष महाधिवेशन बोलाउन कानुनले नरोक्ने दावी गगन विश्वको छ ।
.jpg)
