समानुपातिक बन्दसूची

६४ दलले ५८ निर्वाचन चिह्नमा प्रतिस्पर्धा गदैं (चुनाव चिह्नसहित)

६४ दलले ५८ निर्वाचन चिह्नमा प्रतिस्पर्धा गदैं (चुनाव चिह्नसहित)

images
मंगलवार, पौष १५ २०८२
  • काठमाडौँ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि कुल ६४ दलले समानुपातिक तर्फका उम्मेदवारहरुको बन्दसूची बुझाएका छन् । ती दलहरुले पुस १३ , १४ र १५ गते बिहानसम्म गरी आ आफनो पार्टीका तर्फबाट उम्मेदवारहरुको बन्द्यसूची आयोगमा बुझाएका हुन् । 

    ती मध्ये ५८ निर्वाचन चिन्ह्रमा दलहरुले चुनावी प्रतिस्पर्धा गर्ने आयोगले जनाएको छ । नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र जनजागृती पार्टी नेपालले एकल चुनाव चिन्ह्रमा मतदानमा भाग लिने छन् । त्यस्तै, राष्टिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले एकल चुनाव चिन्ह्रमा सहभागी हुनेछन् । 


    आम जनता पार्टी र जनादेश पार्टी नेपालले पनि एकल चुनाव चिन्ह्रमा भाग लिनेछन् । सचेत नेपाली पार्टी र नागरिक सर्वाेच्चता पार्टी नेपालले पनि एकल चुनाव चिन्ह्रमा मतदानमा भाग लिनेछन् । 

    यसो गर्दा कुल ६४ दलमध्ये ५८ निर्वाचन चिन्ह्रमा राजनीतिक दलहरुले समानुपातिक तर्फको चुनावमा भाग लिन लागेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भटट्राईले जानकारी दिए । 

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, अब प्राप्त बन्द सूचीका सम्बन्धमा यही पुस १५ देखि २० गतेसम्म छानबिन गर्ने कार्यतालिका निर्वाचन आयोगले बनाएको छ । 

    कुन दललाई कुन निर्वाचन चिन्ह्र  यस लिंकमा उपलब्ध छ :

    https://election.gov.np/admin/public//storage/HOR%202082/PR/PR_closed_list.pdf

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend