अन्तिम मतदाता नामावली प्रकाशित, नौ लाख १५ हजार ११९ मतदाता थपिए

अन्तिम मतदाता नामावली प्रकाशित, नौ लाख १५ हजार ११९ मतदाता थपिए

images
शनिवार, पौष १२ २०८२
  • काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि कुल ९ लाख १५ हजार ११९ जना मतदाता थप भएका छन् ।  निर्वाचन आयोगले  निर्वाचनका लागि शनिबार अन्तिम मतदाता नामावली प्रकाशन गरेसँगै सो संख्यामा मतदाता थप भएको तथ्यांक बाहिर आएको हो । 


    गत प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुल एक करोड ७८ लाख ८८ हजार ५७० मतदाता रहेकामा यस पटक नौ लाख १५ हजार ११९ मतदाता थपिएका आयोगले जनाएको छ । 

    प्रकाशित नामावलीमा ९६ लाख ६३ हजार ३५८ पुरुष,  ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० गरी कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उक्त नामावली आयोगको वेभसाइटमा प्रकाशन गरिएको छ । 

    मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगबाट आज अन्तिम मतदाता नामावली प्रकाशन भएको हो । मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ मा भएको व्यवस्थाबमोजिम प्रक्रिया पूरा गरी आगामी फागुन २० गते सम्ममा १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको प्रवक्ता भट्टराईले बताए । 

    आयोगले पुस १३ र १४ गते समानुपातिक उम्मेदवार बन्दसूची नामावली बुझाउन कार्यतालिका बनाएको छ । यस्तै, आसन्न निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन् ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend