शेयर बजारमा सामान्य सुधार

शेयर बजारमा सामान्य सुधार

images
मंगलवार, पौष ८ २०८२
  • काठमाडौँ।  पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अंकको सुधार देखिएको छ । 

    मंगलबार नेप्से परिसूचक तीन दशमलव २७ अंकले बढेर दुई हजार ५८४ दशमलव ४९ को बिन्दुमा कायम भएको हो ।

    आज ३२८ कम्पनीको ७६ लाख ६८ हजार ९१५ कित्ता शेयर ९२ हजार ७४६ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब ४२ करोड ९८ लाख ९३ हजार ९४२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    आजको कारोबारमा बैंकिङ शून्य दशमलव १०, वित्त शून्य दशमलव २०, होटल तथा पर्यटन, शून्य दशमलव १०, जलविद्युत् शून्य दशमलव २९, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५, लघुवित्त शून्य दशमलव १७ र अन्य समूह एक दशमलव २८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend