एमाले महाधिवेशन

पहिलो चरणको पारम्भिक मत परिणाम सार्वजनिक , कसले कति मत पाए ?

पहिलो चरणको पारम्भिक मत परिणाम सार्वजनिक , कसले कति मत पाए ?

अध्यक्षमा ओली ८९ मतले अगाडी, महासचिवमा सुरेन्द्र र शंकरको कडा टक्कर

images
बिहिवार, पौष ३ २०८२
  • काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनको लागि भएको मतदानको पारम्भिक मत परिणाम सार्वजनिक भएको छ । पहिलो चरणमा कुल २२३ मत गनेर निर्वाचन समितिले पहिलो चरणको पारम्भिक मत परिणाम सार्वजनिक गरेको हो । 

    जसअनुसार अध्यक्षमा केपी ओलीले १५६ मत पाएका छन् । उनलाई इश्वर पोखरेलले चुनौती दिईरहेका छन् । पोखरेलले ६७ मत पाएका छन् । ओली र पोखरेल बीच पहिलो चरणको मत परिणाममा ८९ मतको अन्तर छ । पोखरेल भन्द्या ओली ८९ मत बढी ल्याएर अगाडी छन् । 

    सबैभन्दा बढी मत अहिलेसम्म विष्णु पौडेलले उपाध्यक्षमा पाएका छन् ।  ५ जना उपाध्यक्षमा पहिलो नम्बरमा विष्णु पौडेल, दोस्रोमा पृथ्वीसुब्बा गुरुङ , तेस्रोमा रामबहादुर थापा (बादल) चौथोमा गोकर्ण विष्ट र पाचौंमा गुरुरुाज बराल देखिएका छन् । महासचिव पदमा भने कडा टक्कर देखिएको छ । पहिलो चरणको पारम्भिक मत परिणाममा शंकर अगाडी देखिएका छन् । उनले ११५ र सुरेन्द्र पाण्डेले १०८ मत पाएका छन् । उनीहरुका बीचमा मात्रै ७ मतको फरक देखिएको छ । 

    पहिलो चरणको पारम्भिक मत परिणाम (२२३ मत गन्दा)

    अध्यक्ष
    केपी शर्मा ओली : १५६
    ईश्वर पोखरेल : ६७

    उपाध्यक्ष
    अरुण नेपाल : ३८
    गुरु प्रसाद बराल : १०९
    गोकर्ण राज विष्ट : १३३
    टकं प्रसाद कार्की : ४३
    पर्शुराम मेघि गुरुङ्ग : ४७
    पृथ्वी सुब्बा गुरुङ : १७१
    भीमप्रसाद आचार्य : २७
    रघुजी पन्त : १२३
    रामबहादुर थापा बादल : १५३
    विन्दा पाण्डे : ९८
    विष्णुप्रसाद पौडेल : १७३

    महासचिव
    शंकर पोख्रेल : ११५
    सुरेन्द्र प्रसाद पाण्डे :१०८

    उपमहासचिव
    आनन्द प्रसाद पोख्रेल : ७१
    योगेश भट्टराई : १४०
    रघुवीर महासेठ : १२६
    राजेन्द्रप्रसाद गौतम : २६
    लेखराज भट्ट : १४७
    विष्णु प्रसाद रिमाल : १०५
    वैजनाथ चौधरी : ५४

    सचिव
    अग्नि प्रसाद खरेल : ७७
    इन्द्रलाल साप्कोटा : ४१
    कर्णबहादुर थापा : ९३
    कृष्ण गोपाल श्रेष्ठ : ५९
    खगराज अधिकारी : १३२
    गोकुलप्रसाद बास्कोटा : १०४
    छविलाल विश्वकर्मा : १४५
    ठाकुरप्रसाद गैरे : ९३
    पद्माकुमारी अर्याल : १५२
    पुरूषोतम पौडेल : ५९
    पेम्बा लामा : ५०
    भानुभक्त ढकाल : १०७
    महेश बस्नेत : १५०
    यामलाल कँडेल :
    रचना खड्का : ८३
    राजन भट्टराई : ११३
    लालबाबु पण्डित : ७३
    विनोद प्रसाद ढकाल : ८२
    शेरधन राई : १४१
    हिक्मत कुमार कार्की : १३८

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend