एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि मतदान जारी

एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि मतदान जारी

अध्यक्षका प्रत्याशी केपी ओली र ईश्वर पोखरेलले भोट हालेर सुरु गरे मतदान

images
बुधवार, पौष २ २०८२
  • काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । मंगलबार नै मतदान हुने कार्यतालिका एमालेको निर्वाचन समितिले बनाएपनि विधुतिय मतदान मेसिनको तयारीमा समय अपुग भएको भन्दै एमालेले हिजो मंगलबार पटक पटक कार्यतालिका संशोधन गदै आज बिहान मतदान कार्यतालिका तय गरेको थियो । 

    एमालेको ११ औं महाधिवेशन मंसिर २७ देखि काठमाडौंमा जारी छ । महाधिवेशन अन्र्तगत आज मतदान भईरहेको हो । नयाँ नेतृत्वका लागि अध्यक्षमा दुई जना नेताहरु प्रतिस्पर्धामा छन् । केपी शर्मा ओली तेहेरिन प्रतिस्पर्धामा उत्रेका छन् भने उनलाई रोक्न वरिष्ठ उपाध्यक्ष समेत रहिसकेका नेता इश्वर पोखरेल लागेका छन् । 

    अध्यक्षका प्रत्याशी ओली र पोखरेलले मत हालेर मतदान प्रक्रिया सरु गरेका हुन् । 

    बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि भृकुटीमण्डपमा केही ढिला गरी सुरु भएको छ । प्रतिनिधिहरु भने बिहानैदेखि मतदानका लागि लाइनमा बसेका थिए ।

    मतदानको लागि ८० वटा विधुतिय मेसिन राखिएको छ । रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिनबाट भइरहेको मतदानमा २२६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् ।

    निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाका अनुसार, सवै महाधिवेशन प्रतिनिधिलाई मतदान गर्न बढीमा ६ घण्टा लाग्नेछ। तर रामलक्ष्मण इन्जिनियरिङका प्रमुख लक्ष्मण रिमालले भने  एक जनालाई मतदान गर्न सरदर ३० मिनेट लाग्छ। यस हिसावले हेर्दा मतदानका लागि मात्रै कम्तीमा दश घण्टा लाग्न सक्ने देखिएको छ । 

    597865098_1913322762556312_4677769727511189732_n.jpg

    मतदान सकेपछि परिणामका लागि भने चार घण्टा जति लाग्ने बताइएको छ । एमालेले यो मतदान प्रक्रियाबाट १९ पदाधिकारी सहितको ३०१ जनाको केन्द्रीय समिति चयन गर्नेछ । 

    597375950_1327074149171278_2878636331925583605_n.jpg

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend