एमाले महाधिवेशन : कुन पदमा कति पर्‍यो उम्मेदवारी ? (सूचीसहित)

एमाले महाधिवेशन : कुन पदमा कति पर्‍यो उम्मेदवारी ? (सूचीसहित)

images
सोमवार, मंसिर ३० २०८२
  • काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भोलि मंगलबार मतदान हुँदैछ । आज नयाँ नेतृत्वा लागि उम्मेदवारहरुले उम्मेदवारी दर्ता गर्ने काम सकिएको छ । निर्वाचन समितिले दर्ता भएका उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरेको छ। नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र इश्वर पोखरेल चुनावी मैदानमा छन् । 

    एमाले निर्वाचन आयोगका अनुसार, १९ पदाधिकारी सहितका ३०१ जना पदाधिकारी, लेखा आयोग, केन्द्रीय अनुशासन आयोग लगायत पदका लागि उम्मेदवारी दर्ताको काम सकिएको हो । 

    अध्यक्ष र महासचिवमा दुई दुई जनाको उम्मेदवारी परेको छ । महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । 

    उपाध्यक्षमा ११ जनाको उम्मेदवारी परेको छ । एमालेले ५ जना उपाध्यक्ष निर्वाचित गर्नेछ । उपाध्यक्षका लागि अरूण नेपाल, गुरू बराल, गोकर्णराज विष्ट, टंक कार्की परशुरामेघी गुरूङ, पृथ्वीसुब्बा गुरूङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा बादल, डा। विन्दा पाण्डे, विष्णुप्रसाद पौडेलको उम्मेदवारी परेको छ।

     

    तीन उपमहासचिवका लागि ७ जनाको उम्मेदवारी परेको छ । जसमा आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णुप्रसाद रिमाल, वैजनाथ चौधरीको उम्मेदवारी परेको छ।

    ९ सचिवका लागि २० जनाको उम्मेदवारी परेको छ। जसमा अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुरप्रसाद गैरे, पद्मा कुमारी अर्याल, पुरूषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोदप्रसाद ढकाल, शेरधन राई, हिक्मतकुमार कार्कीको उम्मेदवारी परेको छ।

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend