एमाले महाधिवेशन आजबाट

भक्तपुरको सल्लाघारीमा उद्घाटन, काठमाडौको भृकुटीमण्डपमा बन्दशत्र

भक्तपुरको सल्लाघारीमा उद्घाटन, काठमाडौको भृकुटीमण्डपमा बन्दशत्र

१५ पदाधिकारी र २५१ जनाको केन्द्रीय समितिका लागि केपी ओली र इश्वर पोखरेलको प्यानलका बीचमा प्रतिस्पर्धा हुने

images
शनिवार, मंसिर २८ २०८२
  • काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन आजबाट शुरु हुँदैछ । निर्धारित समयभन्दा एक वर्ष अगाडी नै एमालेले पार्टीको महाधिवेशन गर्न लागेको हो । 
    महाधिवेशनमा २ हजार २६२ जना प्रतिनिधि र ३०९ जना पर्यवेक्षक सहभागी हुँदै छन् भने १० हजार स्वयंसेवक परिचालन हुने एमालेले जनाएको छ।

    एमालेले महाधिवेशनका लागि ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारा तय गरेको छ । 
    महाधिवेशनको उद्घाटन आज (शनिबार) भक्तपुरको सल्लाघारीमा अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । संसदमा प्रतिनिधित्व गरेका १६ राजनीतिक दलका नेताहरुलाई पनि एमालेले महाधिवेशन उद्घाटन समारोहमा शुभकामनाका लागि बोलाएको छ । विदेशस्थित भाइचारा सुभेच्छुक पार्टीहरुले भने लिखित रुपमा एमाले महाधिवेशनमा शुभकामना सन्देश पठाएका छन् ।


    दसौं महाधिवेशन मंसिर २०७८ मा चितवनमा भएको थियो । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीति परिस्थितिमा एमाले महाधिवेशन हुन लागेको हो । 

    महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ ।
    नेतृत्वका लागि फेरि तेहेरिन अध्यक्ष केपी ओली नै लागेका छन् । तर उनले अब अभिभावकको भूमिकामा बसेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने भन्दै उनलाई वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले टक्कर दिने तयारी गरेका छन् ।

    उद्घाटन सल्लाघारी भक्तपुरमा भएपनि बन्दशत्र भने काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको छ । महाधिवेशनको नेतृत्व चयनमा विधुतिय मतदान गराउने तयारी गरेको छ । 

    महाधिवेशनमा ४० वर्षमुनिका १८।४ प्रतिशत अर्थात् ३ सय ९६ प्रतिनिधि रहेका छन् । सबैभन्दा धेरै प्रतिनिधि ५०–५९ उमेर समूहका ३४ दशमलव ८ प्रतिशत छन् । ४०–४९ वर्ष समूह २७।५ प्रतिशत ९५९३ जना०, ५०–५९ वर्षका ३४।८ प्रतिशत ९७५० जना० र ६०–७९ वर्ष समूहका १७।३ प्रतिशत ९३७३ जना० छन् । ७० वर्षमाथिका महाधिवेशन प्रतिनिधि १।९ प्रतिशत ९४२ जना० छन् ।
    तर, कुल प्रतिनिधिमध्ये ५ प्रतिशत केन्द्रीय कार्यालयले मनोनयन गर्न पाउने महाधिवेशन प्रतिनिधिका सवालमा भने अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलका बीचमा विवाद निम्तेको छ ।
    विधानअनुसार १०८ प्रतिनिधि मनोनयन गर्ने प्रावधान छ । केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले १०८ को नाम प्रस्ताव गरेका थिए । त्यसमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आपत्ति जनाएका थिए ।

    ओलीले गत भदौंमा सम्पन्न भएको विधान महाधिवेशनमा पारित भए अनुसारको विधान संशोधन पनि गर्न चाहेका थिए । तर पोखरेल पक्षले विरोध गर्ने भएपछि अन्तिम समयमा पछि हटेका थिए । 

    अब एमालेले महाधिवेशनबाट १५ पदाधिकारी र २५१ जनाको केन्द्रीय समिति चयन गर्नेछ । 

    महाधिवेशनमा ओली र पोखरेलका बीचमा प्यानलकै बीचमा प्रतिस्पर्धा हुने भएको छ । दुवै नेताहरु आ आफनो टिमको प्यानल बनाउन लागिपरेका छन् । 
     
     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend