मधेसका नवनियुक्त मुख्यमन्त्री यादवसहित ३ मन्त्रीले लिए शपथ

मधेसका नवनियुक्त मुख्यमन्त्री यादवसहित ३ मन्त्रीले लिए शपथ

images
आइतवार, मंसिर २२ २०८२
  • जनकपुरधाम । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।  आइतबार एक समारोहबीच मधेस प्रदेशका प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णले यादवलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । 

    आजै मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनीस‍ँगै नवनियुक्त तीन मन्त्रीकाे शपथग्रहण गराइएको छ । 

    जनमत पार्टीबाट अर्थमन्त्रीमा महेशप्रसाद यादव, नेपाली कांग्रेसबाट विनाविभागीय मन्त्रीमा जगीलाल राय र नेपाली कम्युनिष्ट पार्टीबाट विनाविभागीय मन्त्रीमा कनिश पटेल नियुक्त भएका छन् । 

    मुख्यमन्त्री यादव मधेस प्रदेशको छैटौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका थिए।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend