मन्त्रिपरिषद् आज विस्तार हुँदैं, यी हुन् थपिने चार मन्त्री

मन्त्रिपरिषद् आज विस्तार हुँदैं, यी हुन् थपिने चार मन्त्री

images
आइतवार, कार्तिक १० २०८२
  • काठमाडौं । अन्तरिम चुनावी सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छिन् । भदौं २७ मा प्रधानमन्त्री यिनुक्त भएकी कार्कीले अहिलेसम्म आफुसहित ८ सदस्यीय मन्त्रिपरिषदे बनाएकी थिइन् । दशै, तिहार मनाएर उनले आज थप चार मन्त्री नियुक्तिको तयारी गरेकी हुन् । उनले आज चार मन्त्री नियुक्त गरेपछि उनको क्याबिनेट १२ सदस्यीय हुनेछ । त्यसभन्दा जम्बो मन्त्रिपरिषद नबनाउने उनको योजना छ । 


    डा सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्तालाई मन्त्री बनाउने गरी कार्कीले नाम अगाडी बढाएकी छिन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार,  गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ ।

    उनीहरुको नाम प्रधानमन्त्री कार्कीले राष्टपति कार्यालय समेत पठाईसकेकी छिन् । पछि परराष्टमा आवश्यक परे थप एक् मन्त्री थपेर १३ सदस्यीय बनाउन पनि उनलाई सुझाव छ । तर यसबारेमा उनले अहिले कुनै निर्णय लिएकी छैन । परराष्ट कार्की आफैले राखेकी छिन् । थप हुने मन्त्रीहरुलाई राष्टपति कार्यालयले उनीहरुलाई आजै सपथ गराउने गरी तयारी सुरु गरेको छ । 

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend