तिलौराकोट क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत हुने

तिलौराकोट क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत हुने

images
आइतवार, जेठ २७ २०८१
  • काठमाडौं– प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोट पुरातात्विक क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न लुम्बिनी विकास कोषले मनोनयन दस्तावेज तयार गरी पेस गरेको छ।

    नेपाल सरकारको आर्थिक वर्ष २०७९/२०८० तथा २०८०/२०८१ को नीति तथा कार्यक्रममा तिलौराकोट पुरातात्विक क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाउने उल्लेख गरिएअनुसार मनोनयन दस्तावेज तयार गरी पेस गरिएको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए। 

    फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले गत वर्ष माघमा मनोनयन दस्तावेज संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक केन्द्र (युनेस्को) को विश्वसम्पदा शाखाका प्रतिनिधिलाई बुझाएका हुन्। फ्रान्सका लागि नेपाली राजदूतलाई युनेस्कोका निमित्त स्थायी प्रतिनिधिका रुपमा काम गर्ने जिम्मेवारी दिइएको हुन्छ। 

    प्राचीन कपिलवस्तुलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न बुझाइएको उक्त मनोनयन दस्तावेजका विषयमा स्थलगत अध्ययन गर्न युनेस्कोको टोली आगामी अगस्ट महिनामा नेपाल आउने कोषले जनाएको छ।

    स्थलगत अध्ययन गरेपछि आगामी सेप्टेम्बर तथा नोभेम्बरसम्ममा प्राचीन कपिलवस्तु विश्वसम्पदा सूचीमा सूचीकृत भएको घोषणा हुने विश्वास गरिएको सदस्य सचिव शाक्यले बताए।

    Republished for test from https://nepallive.com/story/326762

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend