रेणुका स्वामीको हत्या मुद्दामा दक्षिण भारतीय अभिनेता दर्शन पक्राउ

रेणुका स्वामीको हत्या मुद्दामा दक्षिण भारतीय अभिनेता दर्शन पक्राउ

images
मंगलवार, जेठ २९ २०८१
  • दक्षिण भारतीय अभिनेता दर्शनलाई हत्या मुद्दामा पुलिसले पक्राउ गरेको छ। 

    मैसुर पुलिसले उनलाई उनकै मैसुरस्थित फार्म हाउसबाट पक्राउ गरेका थिए। पक्राउ गरेपछि उनलाई बेंगलुरूमा लैजाने तयारी भइरहेको छ।

    उनीविरूद्ध ९ जुनमा मुद्दा दर्ता भएको थियो। उनीमाथि लगातार आरोपीको सम्पर्कमा रहेको आरोप छ। यो मुद्दा रेणुका स्वामीको हत्यासँग जोडिएको छ। 

    प्रहरीले हत्यामा उनको प्रत्यक्ष संलग्नता थियो वा षड्यन्त्रमा फसेका हुन् भन्नेबारे अनुसन्धान गरिरहेका छन्। 

    भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार रेणकास्वामीको शव ९ जुनमा कामाक्षीपाल्याको एक नालीमा फेला परेको थियो। जसअनुसार उनको हत्या ८ जुनमा भएको अनुमान गरिएको छ।

    रेणुकास्वामी एक मेडिकल पसलमा काम गर्थे। पुलिसका अनुसार उनलाई चित्रदुर्गाबाट अपहरण गरिएको थियो। उनको टाउकोमा चोट पनि लागेको छ।

    दर्शनले 'वे देवरा मागा, वल्लारास', मेजिस्टिक, ध्रुव, करिया, लाली हाडु, धर्मा, दर्शन, मोनालिसा, भगवान, शास्त्री र भूपथिु जस्ता फिल्ममा काम गरेका छन्।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend