सात वर्षपछि अलग्गिए मलाइका र अर्जुन

सात वर्षपछि अलग्गिए मलाइका र अर्जुन

images
सोमवार, जेठ २१ २०८१
  •  बलिउड जोडी मलाइका अरोरा र अर्जुन कपुर अलग भएको हल्ला चलिरहेको छ । सात वर्षसम्मको प्रेम सम्बन्धपछि उनीहरू छुट्टिएका हुन् ।

    यसअघि पनि अर्जुन र मलाइका अलग भएको खबर बारम्बार आएको थियो । अर्जुनले सोसल मिडिया इन्फ्लुएन्सर कुशा कपिलालाई डेट गरिरहेको खबर आइरहेको छ ।
    यसैबिच कुशाले आफू र अर्जुनबिच केही नभएको बताएकी थिइन् । सो हल्ला चलेको केही समयपछि अर्जुनले मलाइकाको जन्मदिनमा रोमान्टिक तस्बिर शेयर गरेपछि ब्रेकअपको हल्ला बन्द भएको थियो । तर अहिले फेरि दुईबिच ब्रेक अपको खबर आएको छ ।

    हालै मलाइका र अर्जुनले सामाजिक सञ्जालमा ‘क्रिप्टिक’ पोस्ट शेयर गरेका थिए । मलाइकाले इन्ष्टाग्रामको स्टोरीमा विश्वको सबैभन्दा ठुलो धन आफूलाई माया र सहयोग गर्ने मान्छे हुन् भनेकी छिन् ।

    यी मानिसलाई किन्न वा विस्थापित गर्न नसकिने अनि हरेकसँग केही मात्रै यस्ता मानिस हुने पोस्टमा बताइएको थियो । उता अर्जुनले पनि ‘हामीसँग जीवनमा २ विकल्प हुन्छन् : विगतको बन्दी भएर बस्ने कि भविष्यको सम्भाव्यताहरू खोज्ने’ भन्दै पोस्ट गरेका थिए ।

    आफ्नो सम्बन्धबारे मलाइका र अर्जुनले औपचारिक रूपमा केही पनि भनेका छैनन् ।  सन् २०१९ मा अर्जुन कपुरको जन्मदिनमा मलाइका र अर्जुनले आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिए ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend