जेल जानुअघि केजरीवालले भने- 'थाहा छैन, अब म कहिले फर्कन्छु!'

जेल जानुअघि केजरीवालले भने- 'थाहा छैन, अब म कहिले फर्कन्छु!'

images
आइतवार, जेठ २० २०८१
  • दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार (जुन २) साँझ ५ बजे तिहाड जेलमा आत्मसमर्पण गरेका छन्। 

    २१ दिनको अन्तरिम जमानत (धरौटी) को म्याद सकिएपछि आम आदमी पार्टीका संयोजकसमेत रहेका केजरीवाल जेल फर्केका हुन्।

    यसअघि उनले आम आदमी पार्टी (आप) को कार्यालयमा गएर कार्यकर्तालाई भेटेका थिए। 

    त्यस क्रममा भावुक हुँदै उनले भने, ‘देश बचाउन जेल जाँदै छु। थाहा छैन अब म कहिले फर्कन्छु। अनि थाहा छैन मलाई त्यहाँ के के हुनेछ?’

    दिल्ली अन्तःशुल्क मुद्दामा जेल सजाय काटिरहेका केजरीवाललाई सर्वोच्च अदालतले मे १० मा जमानत दिएको थियो।


    अदालतले निर्वाचन प्रक्रियामा सहभागी हुन केही दिन धरौटीमा रिहा हुने भएकाले मतदान सकिएपछि आत्मसमर्पण गर्नुपर्ने बताएको थियो।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend