प्रदेशको सहकार्यलाई निर्वाचनसम्म विस्तार गर्न प्रचण्डको आह्वान

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म विस्तार गर्न प्रचण्डको आह्वान

images
शनिवार, आश्विन १७ २०८३
  • बनेपा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारमा भइरहेको राजनीतिक सहकार्यलाई आगामी स्थानीय तहको निर्वाचनसम्म निरन्तरता दिनुपर्ने बताएका छन् । काभ्रेको धुलिखेलमा शनिबार आयोजित एकता बैठक तथा शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै प्रचण्डले प्रदेश सरकार सञ्चालनमा भइरहेको सहकार्यलाई त्यतिमै सीमित नराखी सदनको बहसदेखि निर्वाचनसम्म विस्तार गर्नुपर्ने धारणा राखेका हुन् । 
    प्रचण्डले बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीको संगठन विस्तारलाई प्राथमिकतामा राख्न नेता तथा कार्यकर्तालाई आग्रह समेत गरे । सूचना प्रविधिको प्रभावकारी प्रयोगबाट पार्टीको विचार र संगठनलाई थप विस्तार गर्न सकिने उनको भनाइ थियो। उपलब्ध जनशक्ति, संगठनात्मक संरचना र क्षमताको अधिकतम उपयोग गर्न पनि उनले जोड दिए । 
    सम्बोधनका क्रममा प्रचण्डले कृत्रिम बौद्धिकता ९एआई० को तीव्र विकासले रोजगारी, मानवीय सोच र सिर्जनशीलतामा पार्न सक्ने प्रभावबारे पनि चर्चा गरे । 
    एआईमा अत्यधिक निर्भरता बढ्दा मानिसको अध्ययन र आफैँ सोच्ने अभ्यास कमजोर हुन सक्ने उनले बताए । प्रविधिको विस्तारसँगै श्रमिक विस्थापनको जोखिमसमेत बढ्न सक्ने उनको भनाइ थियो।
    विश्वका विभिन्न मुलुकले एआईबाट सिर्जना हुन सक्ने चुनौतीलाई सम्बोधन गर्न नीति तथा कार्यक्रम अघि बढाइरहेको उल्लेख गर्दै प्रचण्डले नेपालले पनि प्रविधिको विकाससँगै त्यसका सामाजिक प्रभावबारे गम्भीर भएर सोच्नुपर्ने बताए । 
    राजनीतिक परिस्थितिबाट निराश नहुन आग्रह गर्दै प्रचण्डले नेता तथा कार्यकर्तालाई अनुशासित र धैर्यतापूर्वक संगठन निर्माणमा केन्द्रित हुन आह्वान गरे । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend