बालेनको सचिवालयमा कसको सुविधा कति ? (विवरणसहित)

बालेनको सचिवालयमा कसको सुविधा कति ? (विवरणसहित)

सचिवालयमा नियुक्त २५ जना पदाधिकारीमध्ये तीन जना मन्त्रीसरह र दुई जना राज्यमन्त्रीसरह सेवा–सुविधा पाउने गरी नियुक्त भएका छन्

images
शुक्रवार, आश्विन १६ २०८३
  • काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सचिवालयमा नियुक्त २५ जना पदाधिकारीमध्ये तीन जनाले मन्त्रीसरह र दुई जनाले राज्यमन्त्रीसरह सेवा–सुविधा पाउने व्यवस्था गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणले प्रधानमन्त्रीको सचिवालयमा नियुक्त व्यक्तिको जिम्मेवारीसँगै उनीहरूले पाउने सुविधा तहसमेत खुलाएको हो।

    सचिवालयमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह र अवैतनिक स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीशप्रसाद अग्रवाल मन्त्रीसरह सुविधा पाउने सूचीमा छन्।

    त्यस्तै नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रले राज्यमन्त्रीसरह सुविधा पाउनेछन्।

    मन्त्रीसरह सुविधा पाउने तीन जना

    प्रधानमन्त्रीको सल्लाहकार समूहमा कुमार ब्यञ्जनकार मुख्य सल्लाहकार र असिम शाह राजनीतिक सल्लाहकारका रूपमा छन्। उनीहरू दुवैलाई मन्त्रीसरह सेवा–सुविधा उपलब्ध गराइएको छ।

    प्रधानमन्त्रीका अवैतनिक स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीशप्रसाद अग्रवाल पनि मन्त्रीसरहकै श्रेणीमा छन्।

    यसरी प्रधानमन्त्रीको सचिवालयबाट सार्वजनिक विवरणअनुसार मन्त्रीसरह सुविधा पाउने तीन जना रहेका छन्।

    राज्यमन्त्रीसरह दुई जना

    प्रधानमन्त्रीको सचिवालयमा नीति, प्रशासन तथा सुशासन हेर्ने जिम्मेवारीमा सुदीप ढकाल छन्। त्यस्तै सूचना तथा सञ्चार प्रविधिसम्बन्धी सल्लाहकारका रूपमा विवेक मिश्र छन्।

    यी दुवैले राज्यमन्त्रीसरह सेवा–सुविधा पाउने व्यवस्था गरिएको छ।

    स्वकीय सचिवालयमा को कुन तहमा ?

    प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुवाष शर्मा राजपत्रांकित विशिष्ट श्रेणीसरहको सुविधामा छन्।

    स्वकीय सचिव नविन भण्डारी, स्वकीय सहसचिव (विकास परियोजना) सञ्जिव पाण्डे, स्वकीय सहसचिव (प्रेस तथा अनुसन्धान विज्ञ) दिपा दाहाल, कार्यक्रम तथा भ्रमण संयोजक सन्तोष गिरी र सामाजिक विकास विज्ञ विश्व राईलाई राजपत्रांकित प्रथम श्रेणीसरहको सुविधा दिइएको छ।

    त्यस्तै स्वकीय उपसचिवका रूपमा प्रकृति ढकाल, विशाल अधिकारी र विनय शाक्य छन्। सहायक विज्ञ (नागरिक उड्डयन) सुमन गौतम र सहायक विज्ञ (भाषा तथा मस्यौदा) रवि किरण अधिकारी पनि राजपत्रांकित द्वितीय श्रेणीसरहको सुविधामा छन्।

    शाखा अधिकृतदेखि प्रशासन सहायकसम्म

    प्रधानमन्त्रीको सचिवालयमा प्रेस सहजकर्ताको जिम्मेवारीमा सुरेन्द्र बजगाई, ग्राफिक्स डिजाइनमा रोशन तामाङ, स्वकीय शाखा अधिकृतमा बेदानन्द जोशी र अनुसन्धान अधिकृतमा हेम नारायणदास चौधरी छन्। उनीहरूलाई राजपत्रांकित तृतीय श्रेणीसरहको सुविधा दिइएको छ।

    प्रशासन सहायकतर्फ अनुप थापा मगर, ऋषि थापा र राजकुमार गौतम छन्। त्यस्तै कम्प्युटर सहायक ९भिडियोग्राफर० अमृत पाण्डे र प्रशासन सहायक बेनिस कार्की राजपत्र अनंकित प्रथम श्रेणीसरहको सुविधामा छन्।

    सांसदको प्रश्नपछि सार्वजनिक भयो विवरण

    प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति र उनीहरूले पाउने सेवा–सुविधाबारे कांग्रेस सांसद ८८सीता थपलिया (उर्मिला) ८८ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग लिखित जानकारी मागेकी थिइन्।

    उनले प्रधानमन्त्रीको सचिवालयमा कति जना कुन तह र स्तरको सेवा–सुविधासहित, कुन कानुनी आधारमा नियुक्त भएका छन् भन्ने विषयमा प्रश्न गरेकी थिइन्।

    जवाफमा प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री शाहले विभिन्न तहको सेवा–सुविधासहित २७ जनालाई नियुक्त गरेको जानकारी दिएको थियो। पछिल्लो सार्वजनिक विवरणमा भने सल्लाहकार, विज्ञ र स्वकीय सचिवालयतर्फ २५ जना पदाधिकारी रहेको उल्लेख छ।

    यस विवरणले प्रधानमन्त्रीको सचिवालयमा कसले कुन जिम्मेवारी सम्हालेका छन् र राज्यबाट कुन तहसरहको सुविधा पाउँछन् भन्ने तस्वीर स्पष्ट पारेको छ।

    हेर्नुहोस पूर्ण विवरणScreenshot (179).png

    Screenshot (180).png

    Screenshot (181).png

     

    Screenshot (182).png

    Screenshot (183).png

    Screenshot (184).png

    Screenshot (185).png

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend