हिम्लुङ हिमपहिरोमा मृतकको संख्या १५ पुग्यो, अझै एक आरोही बेपत्ता

हिम्लुङ हिमपहिरोमा मृतकको संख्या १५ पुग्यो, अझै एक आरोही बेपत्ता

images
बिहिवार, आश्विन १५ २०८३
  • मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा असोज ११ गते गएको हिमपहिरोमा हराइरहेका आरोहीमध्ये थप आठ जनाको शव फेला परेको छ। यससँगै हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। खोजी तथा उद्धारका क्रममा बिहीबार बिहान चार र दिउँसो थप चार जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  

    यसअघि सात जनाको शव फेला परेको थियो। फेला परेका आठ शवमध्ये दुई वटा सदरमुकाम चामे ल्याइसकिएको छ भने थप छ शव फूगाउँसम्म ल्याइएको पौडेलले जानकारी दिए । रात परिसकेकाले हेलिकप्टरबाट थप शव चामे ल्याउन सम्भव नभएकाले शुक्रबार उद्धार कार्य अघि बढाइनेछ।
    नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार केही शव उद्धार गरिएको हो। हिमपहिरोमा परी अझै एक जना आरोही बेपत्ता छन्।


    यसैबीच नेपाली सेनाको टोलीले स्थानीय तथा अन्य सुरक्षा निकायसँगको समन्वयमा मनाङको चामे गाउँपालिका–४ स्थित ठाडो खोलामा पहिरोले थुनेको मस्र्याङ्दी नदीको बहाव खुलाउने तथा अवरुद्ध विद्युत् प्रसारण लाइन सञ्चालनमा ल्याउने काम समेत गरिरहेको छ।


    हिम्लुङ हिमालको आधार शिविर क्षेत्रमा असोज ११ गते बिहान हिमपहिरो गएको थियो। घटनापछि खोज तथा उद्धारका लागि नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसन ९एनएनएमजीए० ले ११ सदस्यीय दक्ष उद्धार टोली परिचालन गरेको छ।
    हिमपहिरोमा हराइरहेकाको खोजी तथा फेला परेका शवको उद्धार कार्य मौसम र भौगोलिक कठिनाइका बीच जारी छ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend