काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ ।
बाढी आएको १० दिनपछि नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोलीले सुरुङभित्र फसेका दुई जनालाई जीवितै बाहिर निकालेको हो । उद्धार गरिएका दुई जनालाई सुरुङबाट जीवितै बाहिर निकालिएकाको हो ।
खोजी तथा उद्धारमा खटिएका इन्जिनियर उदयराज न्यौपानेका दुवै जनाको शुक्रबार जीवितै उद्धार गरिएको हो ।
शुक्रबार बिहान सुरुङभित्र खोजी तथा उद्धारका क्रममा मानिसको आवाज सुनिएको संकेत पाएपछि उद्धार टोलीले त्यस क्षेत्रमा केन्द्रित भएर खोजी अघि बढाएको थियो । खोजीका क्रममा सुरुङभित्र रहेका व्यक्तिसम्म उद्धार टोली पुगेको थियो ।
यसअघि खोजी तथा उद्धारमा खटिएका इन्जिनियर श्रीराम न्यौपानेले नेपाली सेनालाई उद्धृत गर्दै सुरुङभित्रबाट मानिसको आवाज सुनिएको जानकारी दिएका थिए । त्यसपछि उद्धार कार्यलाई थप तीव्र पारिएको थियो ।
उद्धार गरिएका पहिलो ब्यक्ति सञ्जय साह

यसअघि शुक्रबार बिहान जीवितै उद्धार गरिएका व्यक्ति सञ्जय साह रहेको खुलेको छ । उनी नेपाल विद्युत् प्राधिकरणका चौथो तहका कर्मचारी हुन् ।
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा मर्मतसम्भारको काम भइरहेका बेला साह पनि त्यहाँ पुगेका थिए । बाढी आएपछि उनी सुरुङभित्रै फसेका थिए ।
बाढीपछि लामो समयसम्म सुरुङभित्र सम्पर्कविहीन अवस्थामा रहेका साहलाई जीवितै उद्धार गर्न सफल भएपछि उद्धार टोलीमा थप उत्साह थपिएको थियो । त्यसपछि सुरुङभित्र फसेका अन्य व्यक्तिको अवस्थाबारे पनि खोजी तीव्र पारिएको छ ।
उद्धार गरिएका दोस्रो ब्यक्ति सञ्जय साह

उद्धार गरिएका दोस्रो ब्यक्ति कविर महर्जन हुन् । कविर महर्जन त्रिशूली ३ ए जलविद्युत् आयोजनाका सुपरभाइजर भएको आयोजना प्रमुख आवास ओझाले जानकारी दिए ।
उद्धार कार्य अझै जारी
भोटेकोशीमा १० भदौमा आएको बाढीले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनासहित त्यस क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । बाढीका कारण आयोजनाका संरचनामा क्षति पुग्नुका साथै काममा खटिएका केही व्यक्ति सुरुङभित्र फसेका थिए ।
सुरुङभित्र अझै केही व्यक्ति फसेको हुनसक्ने आशंकामा नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी तथा उद्धार कार्य जारी राखेको छ ।
१० दिनसम्म सुरुङभित्र फसेका व्यक्तिमध्ये दुई जनालाई जीवितै उद्धार गर्न सफल हुनु उद्धार टोलीका लागि महत्वपूर्ण सफलता मानिएको छ । सुरुङभित्र अझै कोही व्यक्ति फसेको छ वा छैन भन्ने यकिन गर्न उद्धार टोलीले खोजीलाई निरन्तरता दिइरहेको छ ।
.jpg)
