काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये एक जनाको जीवितै उद्धार गरिएको छ ।
सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धारमा खटिएको टोलीले एक जनालाई जीवितै बाहिर निकालेको हो ।
यसअघि शुक्रबार बिहान सुरुङभित्र खोजी गर्ने क्रममा मानिसको आवाज सुनिएको संकेत प्राप्त भएको थियो । खोजी तथा उद्धारमा खटिएका इन्जिनियर श्रीराम न्यौपानेले नेपाली सेनालाई उद्धृत गर्दै सुरुङभित्रबाट मानिसको आवाज सुनिएको जानकारी दिएका थिए ।
आवाज सुनिएको संकेतपछि उद्धार टोलीले सुरुङभित्र खोजी तीव्र पारेको थियो । त्यसक्रममा एक जनालाई जीवितै फेला पारेर उद्धार गरिएको हो ।
भोटेकोशीमा आएको बाढीपछि त्रिशूली–३ ‘ए’ सहितका जलविद्युत् आयोजनाका संरचनामा ठूलो क्षति पुगेको छ भने आयोजनाका सुरुङ तथा अन्य संरचनामा काम गरिरहेका धेरै कामदार सम्पर्कविहीन छन् ।
.jpg)
