त्रिशूली–३ ‘ए’ को सुरुङमा फसेकाको उद्धार प्रयास तीव्र

त्रिशूली–३ ‘ए’ को सुरुङमा फसेकाको उद्धार प्रयास तीव्र

images
शनिवार, भाद्र १३ २०८३
  • रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेको आशंका गरिएका व्यक्तिहरूको उद्धारका लागि सरकारले प्रयास तीव्र पारेको छ।

    सुरुङभित्र मानिसहरू फसेको सूचना आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी विगत दुई दिनदेखि लेदो तथा भग्नावशेष पन्छाएर सुरुङको प्रवेशद्वार खोल्ने प्रयास गरिरहेको छ। शनिबार बिहानैदेखि सुरुङको मुख खोल्ने कामलाई थप तीव्र पारिएको छ।

    सुरुङको प्रवेशद्वार खोल्न तथा खोजी कार्यलाई तीव्रता दिन शुक्रबार रातिदेखि नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका २० जनासहित ८२ जनाको संयुक्त टोली निरन्तर खटिएको छ।

    तर, घटनास्थलमा प्रतिकूल मौसम कायम रहेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।

    यसैबीच, उद्धारमा सहयोग गर्न भारतबाट आएको टोली त्रिशूली पुगेको छ। भारतीय टोलीले हेलिकोप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक अनुगमन (रेकी) गरिरहेको छ।

    अनुगमनपछि आवश्यकताका आधारमा थप उद्धार कार्य अघि बढाउने योजना रहेको बताइएको छ।

    d53d220d-fc7e-4ae4-bced-3265f8fecd9b.jpg

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend